नेभिगेशन
अस्ट्रेलिया समाचार

नेप्लिज रिक्रेसन क्लबको अध्यक्षमा लक्ष्मी श्रेष्ठ 

एन एन ए प्रतिनिधि 

सिड्नी ।  खेलकुदको माध्यम बाट अस्ट्रेलियाको नेपाली समुदायलाई जोड्दै आएको रिक्रेसन क्लबको यहि  अप्रिल २२ तारिख शनिबार सिड्नीमा सम्पन्न  साधारण सभाले लक्ष्मी श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । दुई बर्ष (२०२३-२०२५)  कार्यकालको लागि  क्लबको उपाध्यक्षमा संजय श्रेष्ठ ,महासचिबमा लिजन कुमार मास्के ,सचिबमा बाबु बगाले , कोषाध्यक्षमा दिलिप भारती र पब्लिक अफिसरमा अजय खत्रीलाई चयन गरेको सो सस्थाले जनाएको छ । 

साधारण सभाले सस्थाको स्विम्मिंग ,गल्फ ,टेनिस ,ब्याड मेण्टिन लगायतका विभिन्न आठ ओटा खेलकुद विधामा  संयोजक र  सह संयोजक समेत चयन गरेको छ । जसमा ब्याड मेण्टिनको संयोजकमा नबिन प्रधान ,गल्फ संयोजकमा सुदिप  बास्तोला ,स्विमिङ्ग संयोजकमा पल्लबी श्रेष्ठ,  टेबल टेनिस संयोजकमा पवन सोती ,टेनिस संयोजकमा बाबु बगाले ,आइ टी संयोजकमा नबिन रायमाझी ,योग संयोजकमा प्रमिला थापा  र कल्चरल संयोजकमा दिपेन बानियालाई चयन गरेको छ । 

सस्थाको कार्यसमितिको सदस्यहरुमा ज्ञानदत्त  पोखरेल,कुलदिप प्रधान ,बाबुराम पोखरेल ,प्रताप श्रेष्ठ ,सुनिता गिरि र संगीता चापागाईं रहेको सस्थाले जनाएको छ । 

नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै नब निर्वाचित अध्यक्ष लक्ष्मी श्रेष्ठले सस्थाले बिगतका दिनहरुमा गर्दै आएको खेलकुद एबम सामाजिक र परोपकारी कार्यलाई अझ व्यापक रुपले निरन्तरता दिइने बताईन । उनले आगामी दिनमा एनआरसीले अगाडी बढाउने खेलकुद गतिविधिमा अन्तरास्ट्रिय बिद्यार्थी हरुलाई पनि समेट्ने , महिलाहरुको सभागिता बढाउने र बालाबालिकाहरु लाई प्रेरित गरिने उल्लेख गरिन । 

सन् २००९ मा नेपाली समुदायका अभियन्ता बिष्णु हमालको पहलमा  स्थापना गरिएको नेप्लिज रिक्रेसन क्लब (एन आर सी ) ले अस्ट्रेलियाको विभिन्न राज्य र शहरमा  बर्षेनी मल्टिकल्चरल टुर्नामेन्ट खेलाउदै आएको छ । एनआरसीका सस्थापक अध्यक्ष बिष्णु हमालले  केहि बर्षदेखि हुदै आएको ओसियाना स्पोर्ट्स मिट प्रतियोगिता लाई सम्पन्न गर्न सस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउछन । साधारण सभामा बक्ताहरुले सस्थाका निबर्तमान अध्यक्ष सुबर्ण शर्मा लगायत निबर्तमान कार्यसमितिका पधाधिकारीहरुलाई सफल र उपलब्धिपुर्ण रुपमा कार्यकाल सम्पन्न गरेकोमा बधाई र धन्यबाद दिदै आगामी दिनमा पनि सस्थाको उदेस्य र लक्ष प्राप्तिका लागि सबैले  आ आफ्नो ठाउबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।