नेभिगेशन
अस्ट्रेलिया समाचार

सिड्नीमा नेपाली उद्यमी सम्मेलन सम्पन

एन एन ए प्रतिनिधि

सिड्नी ।    गैर आवासीय नेपाल संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा अप्रिल २२ तारिख शनिबार सिड्नीमा नेपाली उद्यमी सम्मेलन सम्पन्न भएको छ ।  सम्मेलनमा  बिभिन्न ब्यवसायका सञ्चालक, लगानीकर्ता, विभिन्न विषयका विज्ञहरुले अस्ट्रेलियाको ब्यापार ,ब्यबसाय ,आर्थिक तथा सामाजिक लगायतका  मानबिय क्षेत्रसंग जोडिएका बिबिध आयाम हरुका बारेमा आ आफ्नो अनुभव सुनाएका थिए । 

सो अवसरमा अस्ट्रेलियामा विभिन्न व्यवसायमा आफुलाई सफल  व्यवसायीको रुपमा  उभ्याउन सफल  उद्यमीहरुले आफ्नो बिगतको संघर्षका कथाहरुलाई भिडियो मार्फत सार्बजनिक गरिएको थियो ।

  विभिन्न क्षेत्र, पेशा\ब्यवसायमा जमेका करिब दुइ सय उद्यमी ब्यबसायीहरुले सक्रिय सहभागिता जनाएको सो सम्मेलनमा  अष्ट्रेलियामा  नेपालीको संख्या बढेसंगै  विभिन्न ब्यबसायिक क्षेत्रमा नेपालीको उपस्थिति बढ्दै जानु हाम्रा लागि गौरवको कुरा भएको र यसबाट कर्मभूमि अस्ट्रेलियाको औद्योगिक तथा आर्थिक बिकासमा सकारात्मक सहयोग पुर्याउन सकेकोमा खुशी व्यक्त गरे ।

सम्मेलनमा मन्तब्य राख्दै अस्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखरेलले  विभिन्न ब्यबसाय र उद्यम मार्फत आफुलाई सफल व्यवसायीको रुपमा उभ्याउन सकेका नेपाली ब्यबसायीहरुले बटुलेको सीप र दक्षताबाट अस्ट्रेलिया र नेपालको आर्थिक तथा ब्यापार ब्यबसायको श्रीबृद्धिमा योगदान पुग्ने बिस्वास व्यक्त गरे ।

सम्मेलनमा नेपाली मुलका ब्यबसायीहरु दिबस कार्की र होम प्यासीले आफ्ना सफलताका कथा सुनाएका थिए । पूर्व सैनिक  रहेका कार्कीले सिड्नीबाट  करिब ६ सय किलोमिटर पर बाख्रा पालन  ब्यबसय गरेका छन् भने प्यासीले ८८४८ मो मोको ब्यबसाय लाई फ़्रेञ्चाइजको रुपमा अगाडी बढाएका छन् ।  सम्मेलनमा  एनएसडब्लुकी सांसद एबम लिबरल पार्टीकी उपाध्यक्ष र महिला परिषद्का अध्यक्ष ज्याकी मुनरो, ब्यबसायी मन्डी गन्सबर्गर,माईकेयर सोलुसनका कार्यकारी अधिकृत मोति नाराल, युनिभर्सिटी अफ क्यानाबेराका एसोसियट प्रोफेसर किशोर बैद्य, अस्ट्रेलिया नेपाल बिजनेस काउन्सिलका अध्यक्ष मन के सी , फाइनान्स प्रोफेसनल बिस्वास भट्टराई ,रिचार्ड मोर्टोन ,एलिन लिन ,कोलिन हन्ट अमान्दा जोन्स्टोन लगायतका विभिन्न क्षेत्रसंग आबद्ध उद्यमी ब्यबसायीहरुले  अष्ट्रेलियाको बर्तमान आर्थिक गतिबिधि त्यसले यहाको जनजीवनमा पारेको प्रवाव र त्यसको समाधानको समुचित उपाए ,   प्रबिधि मैत्री ब्यबसाय , व्यवसायमा परिवार एबम पार्टनरको सहकार्य ,साथ र सहयोग लगायतका बिबिध पक्षका बारेमा बक्ताहरुली अ आफ्नो अनुभव साटासाट गरे ।

सम्मेलनमा सहभागी सबैलाई धन्यबाद दिदै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले  सस्थाले लिएको लक्ष र उद्देस्य प्राप्तिको लागि सम्मेलन को आयोजना गरिएको बताए ।  उनले सस्थाले अगाडी बढाउने सामाजिक एबम कल्याणकारी कार्यहरुलाई अझ प्रभावकारी बनाउन ham सबै एक ठाउमा उभिनु पर्नेमा जोड दिए ।

  केहि बर्षदेखि यस्तो खालको  उद्यमी सम्मेलन एनआरएनए अस्ट्रेलियाले हरेक दुई/दुई बर्षमा गर्दै आएको छ । यसपटकको सम्मेलनको संयोजक एबम एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले अस्ट्रेलियामा विभिन्न पेशा र ब्यबसाय गर्दै आउनुभएका नेपाली उद्यमीहरुका लागि सम्मेलनले  उपलब्धिमुलक संदेश प्रबाह गरेको बताए । उनले सम्मेलनले निकालेको  निचोडलाई कार्यान्वयन गर्न पनि समन्धित पक्ष क्रियासिल हुनुपर्ने खाचो औल्याए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।