नेभिगेशन
अन्य

बिश्व प्रत्यारोपण खेलकुदमा सहभागि हुन नेपाली टोली पर्थ आइपुग्यो

अष्ट्रेलियाको पश्चिमी शहर पर्थमा यही अप्रील १६ देखि २१ तारिखसम्म आयोजना हुने बिश्व प्रत्यारोपण खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाँंच सदस्यीय टोली यहा आइपुगेको छ । बिश्वका ४६ देशका करिब चार हजार खेलाडीले सहभागिता जनाउने यस बिश्व प्रत्यारोपण खेलुकदमा नेपाली टोलीले टेबल टेनिस , दौड , हाइजम्प तथा लङजम्प जस्ता खेलहरुमा सहभागिता जनाउने छ । नपाली टोलीलाई पर्थमा नेपाली समुदायका अगुवा खेलप्रेमी सुवाश श्रेष्ठ ,एनआरएन अभियन्ता राज थपलिया, आङदावा शेर्पालगायतले बिमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा नेपालका कराते प्रशि
क्षक तथा किड्नी ट्रान्सप्लान्ट खेलाडी ध्रुब बिक्रम मल्ल ,हरी नारायण शर्मा ,अशिम कुमार लम्साल बिष्णुलाल श्रेष्ठ र गिता श्रेष्ठको सहभागिता रहेको छ । यस पटकको सहभागितामा हामीले आफ्नो उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्य राखेका छौ ,सहभािग खेलाडी तथा प्रशिक्षक ध्रुब बिक्रम मल्लले बताए । पदक यसै भन्न नसकिएला,प्रतिस्पर्धा निकै टफ हुने छ तरपनि हामी केहि न केहि जितेर अंग प्रत्यारोपण गरेका नेपालीहरुको हौसला अभिबृद्धी गर्ने काम गर्नेछौ ,मल्लले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्