नेभिगेशन
व्यक्ति/व्यक्तित्व

"अष्ट्रेलियाको सबै क्षेत्रमा नेपालीको उपस्थीती हुनु पर्दछ  "

ल्यान्ड एन्ड लीज रियलस्टेट यतिखेर अष्ट्रेलियामा नेपाली र दक्षिण एशियाली समाजको लागि भरपर्दो एजेन्सीका रुपमा पहिचान बनाउन सफल भैसकेको छ । अष्ट्रेलियामा द्रुतगतीमा फैलीदै गएको नेपाली समाज र बंगाली अनि भारतीय समाजभित्र यसले छोटो समयमानै बिश्वास जित्न सफल भैसकेको छ । यसले यति मात्र होइन , कोठा पाउन मुस्कीलमा परेका नेपाली विध्यार्थीहरुलाई समेत महत्वपुर्ण सहयोग पुरयाउदै आएको छ । ल्यान्ड एन्ड लिजका निर्देशक अशोक थपलिया पछिल्लो समयमा ल्यान्ड एन्ड लिजले नेपाली समाजमा आफ्नो बलियो उपस्थीती जनाउनुका साथै महत्वपुर्ण बिश्वास जित्न सफल भएको बिचार ब्यक्त गर्छन ।

लाकेम्बामा मुख्य कार्यालय रहेको ल्यान्ड एन्ड लिजले आफ्नो सेवालाई सहजरुपमा सबैमाझ पुरयाउन लागिपरेको निर्देशक थपलिया बताउछन । सबैले गर्ने काम भन्दा केहि फरक र अलग गर्ने सोचका साथ अगाडि बढेका युवा व्यबशायी अशोकले प्रारम्भमा अतिथी सत्कार उद्योगलाई अगाडि बढाएका थिए । त्यसमा गहिरो अध्यन र सफलतापछि अशोकले रियलस्टेट ब्यवशाय अहिलेको आवश्यकता रहेको पहिचान गर्दै यसमा लाग्ने अठोटका साथ अघि बढेका थिए । केहि बंगलादेशी साथीहरुसँंग मिसियर उनले ल्यान्ड एन्ड लिजलाई प्रारम्भमा नेपाली समुदाय भित्र पहिचान दिलाउने काम गरे र व्यबशायीक यात्रा प्रारम्भ गरेका थिए । छोटो समयमै अशोकको रियलस्टेटले ठुलो फडको मारेको छ भने उनिहरुले आफ्नो सेवालाई पनि बिस्तार गर्ने काम गरेका छन । घरजग्गा किनबेचसँंगै कोठामा भाडा दिने काममा अशोकको फुर्तिलो सेवाले धेरैलाई प्रभावित पारेको छ । पछिल्लो समयमा भने अन्तराष्ट्रीय विध्यार्थीहरुलाई अष्ट्रेलियामा काम कोठामा निकै समस्या पर्न थालेको छ । यस्तो परिस्थीतीमा आफुहरुले विध्यार्थीहरुलाई हरेक कोणवाट सहयोग गरेको निर्देशक थपलिया बताउछन । हामीले यस पेशालाई अंगाल्दैगर्दा समस्यामा परेका युवा भाइ बहिनीहरुलाइ सहयोग गर्नु हाम्रो कर्तब्य पनि हो भन्ने ठानेर उनिहरुलाई सकेसम्म सेवा पुरयाउदै आएका छौ , निर्देशक थपलियाले बताए । बिदेशमा पढेर हामीले केहि नया पहिचान बनाउन सफल भयौ भने मात्र यसको उपयोगिता साबित हुन्छ भन्ने सोचका साथ आफु रियलस्टेट बिजनेशमा लागिपरेको थपलिया बताउछन । अष्ट्रेलियामा नेपाली समाज फैलीदैजाँंदा सबैक्षेत्रमा हाम्रो उपस्थीती देखियो भने मात्र यसले महत्व राख्दछ भन्ने सोच अनुरुप अबको नया पुस्ताले फरक र अलग व्यबशायमा हात हाल्नु पर्दछ भन्ने मेरो सोच हो । त्यही अनुरुप यतिखेर अतिथी सत्कार र रिटेल बाहेक पनि स्वास्थ ,शिक्षा र रियलस्टेट क्षेत्रमा नेपालीहरुको बलियो उपस्थीती देखिदै गएको थपलीयाले बताए । ल्यान्ड एन्ड लिजले आफ्नो दायरा ठुलो पार्दैगर्दा ब्रिजबेन र डार्बिनमा पनि आफ्नो शाखा बिस्तार गरेको छ भने सीडनीकै ग्लेनफील्डमा पनि सेवा बिस्तार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्