नेभिगेशन
अस्ट्रेलिया समाचार

एनआरएनए अस्ट्रेलियाले अवार्ड बाढ्दै

एनएनए प्रतिनिधि सिड्नी।

एनआरएनए अस्ट्रेलियाले आफ्नो दुई वर्षे कार्यकालको उत्तरार्द्धमा विभिन्न पाँच विधामा विषेश योगदान गरेका व्यक्तिलाई नगदसहित अवार्ड र प्रमाण पत्र दिएर सम्मान गर्ने भएको छ।

संघको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो।

एनआरएनए अस्ट्रेलियाका अनुसार अवार्डका लागि सामाजिक सेवा, खेलकुद, शिक्षा, संगीत र कला विधालाई छनोट गरिएको हो।

आगामी अप्रिल १२ मध्यरातसम्म त्यस्ता व्यक्तिको नाम मनोनयन गर्न सकिने र त्यसको भोलिपल्ट अवार्ड पाउनेको नाम सार्वजनिक हुने संस्थाले जानकारी दिएको छ।

अवार्ड प्राप्त गर्नेलाई जनही एक लाख रूपैया, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

अवार्ड नोमिनेसनका लागि संसारभर छरिएर रहेका नेपालीहरु योग्य रहनेछन् नोमिनेसनका लागि यो लिंकमा क्लिक गर्न सकिने छ।

बैठकले मनोनयनबाट आएका नामलाई अन्तिम रूप दिन पाँच सदस्यीय कमिटी गठन समेत गरेको छ।

जसमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङ, उपाध्यक्ष रेनुका लामा, विष्णु चापागाईं, दिपक बस्नेत र हरि खड्का छन्। यस्तै सल्लाहकारमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष केशव कँडेललाई राखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।