नेभिगेशन
अस्ट्रेलिया समाचार

मास्टर सेफ सन्तोस साह अष्ट्रेलिया आउने

मास्टर सेफ सन्तोष साह अस्ट्रेलिया आउने भएका छन्।

अष्ट्रेलियामा नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्न अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले मास्टर सेफ साहलाई बोलाएको हो।

आगामी मे २ देखि ६ सम्म हुने ‘नेपाल फुड फेस्टिभल’ कार्यक्रम टाउनहलस्थित नमस्ते रेस्टुरेन्टमा आयोजना हुन लागेको हो।

उक्त कार्यक्रममा मास्टर सेफले साहले आफ्नो पाककला प्रदर्शन गर्ने र प्रामाणिक नेपाली परिकारहरू तयार पार्नेछन्।

यस कार्यक्रमबाट खाना प्रेमीले नेपाली खानाको अनुपम स्वादको स्वाद लिन र सिक्न पाउने कलेजका सीइओ गणेश केसीले जानकारी दिए।

कार्यक्रममा साहले अष्ट्रेलियामा रहेका प्रशंसकहरू, खाना उत्साहीहरू र नेपाली समुदायका सदस्यसँग अन्तरक्रियासमेत गर्नेछन्।

खाना महोत्सव कार्यक्रममा विभिन्न नेपाली परिकार, संगीत र सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्।

यस कार्यक्रमले सहभागीलाई नेपालको समृद्ध र विविध संस्कृति, खाना र कलाको माध्यमबाट अनुभव गर्ने मौका मिल्ने आयोजक मध्येका एक डीला खरेलले बताए।

‘यी सबै कार्यक्रमहरू नेपाली भाषामा आयोजना हुनेछन्। जसले समुदायका नेपालीभाषी सदस्यलाई मास्टर सेफ साहसँग जोडिन र सिक्ने मौका मिल्नेछ’, खरेलले भने।

कार्यक्रममा सहभागी हुनका लागि यो लिंकमा क्लिक गरेर आफ्नो सिट सुरक्षित राख्न आयोजकले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।