नेभिगेशन
अन्य

क्यानबेरामा ओसेनिया स्पोर्टस मीट शुक्रबार देखि

ओसेनिया क्षेत्रका नेपाली मुलका खेलाडीहरु सम्मीलीत ओसेनीया नेपाली स्पोर्टस मीट २०२३ यसै हप्ता शुक्रबारदेखि अस्ट्रेलियाको राजधानी क्यानबेरामा प्रारम्भ हुने भएको छ । अप्रील ७ देखि १० सम्म क्यानबेरामा आयोजना हुने प्रतियोगितामा अस्ट्रेलीया र न्युजिल्यान्डका गरी सयौको संख्यामा खेलाडीको सहभागिता रहने प्रतियोगिता आयोजक समितीका संयोजक आर्दशजंग पाण्डेले बताए । करिब एक करोड २० लाख रुपैया खर्च हुने यस खेलुकदको कुम्भ मेलामा करिब सात सय खेलाडीको सहभागिता रहने छ ।

ओसेनीया नेपाली स्पोर्टस मीट आयोजक समिती तथाअस्ट्रेलियन नेप्लीज फ्रेन्डशिप सोसाइटीको आयोजना तथा एनआरएन लगायतका संघ संस्थाको सहयोगमा यो प्रतियोगिता आयोजना हुन लागेको हो । सन २०१३ वाट प्रारम्भ भएको यस प्रतियोगिताको पाचौं संस्करण राजधानी क्यानबेरामा आयोजना हुन लागेको हो । अष्ट्रेलियाका सबै राज्य र न्युजिल्यान्डको सहभागिता रहने यस खेलुकदको कुम्भमेलामा सात सय खेलाडीको सहभागिता रहने यस ओसेनीया नेपाली स्पोर्टस मीट २०२३ का संयोजक आर्दशजंग पाण्डेले बताए । यस क्षेत्रका नेपालीमुलका खेलाडीहरुको लागि मिनी ओलम्पीकका रुपमा चिनिएको यस बृहत प्रतियोगितामा क्रिकेट,गल्फ ,फुटबल, भलिबल, लन टेनीस, ब्याडमिन्टन, बास्केटबल , टेबल टेनिस,पौडी, ५ कीमीदौड लगायतका बिविधि खेलहरु समावेश गरिएको कुरा संयोजक पाण्डेले सुनाए । सीडनीवाट प्रारम्भ भएको ओसेनिया स्पोर्टस मिट मेलवर्नहुदै ब्रिसबेनले आयोजना गरिसकेका छन भने राजधानी क्यानबेरामा भने पहिलो पटक आयोजना हुन लागेको हो ।
आपसी भाइचारा र खेलकुदको महत्वलाई मध्यनजर गर्दै प्रतियोगिताको प्रारम्भ भएतापनि पाँंचौ संस्करणसम्म आइपुग्दा यसले पहिचानको पनि उदेस्य बोकेको संयोजक पाण्डेले बताए । खेलुकद स्वस्थ नागरिकका लागि मात्र होइन, मुलुकको पहिचानको लागि पनि महत्वपुर्ण बन्दै आएको सन्दर्भमा यस ओसेनिया खेलुकदले प्रतिभा पहिचान र प्रस्फुटनको पनि वाटो पहिल्याएको पाण्डे बताउछन । अहिले नेपालका राष्ट्रीय टोलीका कयैन फुटबलर मौकाको खोजिमा अस्ट्रेलिया आइपुगेका छन,उनिहरुजस्ता युवाहरुका लागि पनि यो उपयुक्त अवसर बनेको संयोजक पाण्डेले बताए ।

ओसियाना नेपाली खेलकुद प्रतियोगिताको संस्थापक संयोजक एवम वर्तमान संरक्षक दुर्गादत्त कंडेलले प्रतियोगिताको महत्व एवम प्रतियोगिताको ढाँचाबारे बोल्दै यसले बृहत रुप लिदै गरेको बताए । नया प्रतिभाहरुको पहिचान र पुरानाहरुका लागि खेलकुदको महत्व बोक्न यस प्रतियोगिता सफल बन्दै आएको संरक्षक कडेंलले बताए ।
प्रतियोगिताका परिकल्पनाकार मध्येका एक बिष्णु हमालले स्वस्थ नागरिक निमार्णमा खेलुकदको भुमिका महत्वपुर्ण रहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरुले नेपालीहरु बिच आपसी भाइचारा र एकताको शन्देश छर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्