नेभिगेशन
अस्ट्रेलिया समाचार

ओसियाना नेपाली खेलकुद प्रतियोगिताको तयारी पूरा

आगामी शुक्रबारदेखि अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजना हुने ओसिनिया नेपाली स्पोर्टर्स मिटको तयारी पूरा भएको छ।

खेलकुदको माध्यमबाट ओसिनिया क्षेत्रको नेपाली समाजलाई जोड्ने उद्धेश्यले आगामी शुक्रबारदेखि ४ दिनसम्म राजधानी क्यानबेरा खेलकुद प्रतियोगिता आयोजना हुँदैछ।

प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, गल्फ, म्याराथनलगायतका विभिन्न १० विधामा नेपाली समुदायका खेलाडीबीच  प्रतिस्पर्धा हुने संस्थाका संरक्षक दुर्गादत्त कँडेलले नेपाल न्यूज अष्ट्रेलियालाई जानकारी दिए।

प्रतियोगितामा अष्ट्रेलिया र न्युजिल्याण्डका नेपाली खेलाडीहरूले भाग लिनेछन्।

सन् २०१३ देखि विभिन्न खेल विधामा प्रतियोगिता आयोजना गर्दै आएको ‘ओसियाना, नेपाली स्पोर्टर्स मिट’ले यसपालि ‘मिनी ओलम्पिक’ प्रतियोगिता आयोजना गर्न लागेको हो।

करिब ७०० जना खेलाडीको सहभागिता हुने प्रतियोगितामा २ हजारभन्दा बढी दर्शकको उपस्थिति हुँने कँडेलले दाबी गरे।

प्रतियोगितामा  कम्तिमा ६ महिनाभन्दा बढी समयसम्म बसोबास गरेका नेपाली राष्ट्रिय खेलाडीहरूलेसमेत पनि भाग लिन पाउनेछन्।

नेपाली समुदायबीच हुने ‘मिनी ओलम्पिक’ प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ३० हजार अष्ट्रेलियन डलर खर्च हुने अनुमान गरिएको छ।

विजयी खेलाडीहरूलाई मेडल र ट्रफी तथा पुरस्कार वितरण गरिने कँडेलले जानकारी दिए।

प्रतियोगितामा अष्ट्रेलियाका संघीय मन्त्रीहरू, अष्ट्रेलियाका राष्ट्रिय खेलाडीसमेत उपस्थित हुने आयोजकले जानकारी गराएको छ।

उनले नेपाली समुदायबाट आयोजना गरिने यस्ताखाले प्रतियोगताबाट अष्ट्रेलिया सरकारको पनि ध्यानाकर्षण भएकाले आगामी दिनमा सहयोगको अपेक्षासमेत गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।