नेभिगेशन
अन्य

“गुर्खास क्रिकेट कप २०२३” को उपाधि गुर्खास किचेन लाई


सिड्नी । अस्ट्रेलियाको गोल्ड कोस्ट शहरमा हालै सम्पन्न “गुर्खास क्रिकेट कप २०२३” को उपाधि गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा गुर्खास किचेनले ८८४८ क्रिकेट टिमलाई ४ विकेटले पराजित गरेको हो ।

दुक्स ओवल मैदानमा भएको फाइनल खेलमा टस जितेर ८८४८ क्रिकेट टिमले पहिले ब्याटिंग गरेको थियो, पहिलो पारिमा उसले ५३ रन बनाएको थियो, जवाफी ब्याटिंगमा उत्रेको गुर्खास किचेनले पनि दिएको लक्ष्य ३ बल बाकि रहदा हात पारेको थियो ।

राउण्ड रबिन फर्म्याटमा खेलाइएको उक्त प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो । एक दिने सो प्रतियोगिताको उत्कृस्ट खेलाडीको उपाधि प्रज्वल खारेलले हात पारे भने, उत्कृस्ट बलर र ब्याट्सम्यान क्रमस बिशाल पाठक र एभरेष्टले हात पारे । प्रतियोगिताको फाइनलमा ८८४८ अंक तालिकाको शीर्ष स्थानमा रही प्रवेस गरेको थियो भने गुर्खासको टोलि तालिकामा तेश्रो भइ प्ले अफ खेलेर पुगेको थियो ।

प्रतियोगिता अवधि भर मैदानमा नेपाली दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताको दोस्रो संस्करणको तयारि अन्तिम चरणमा पुगेको र सो खेल अझ रोमाञ्चक हुने बताइएको छ ।

सक्सेस एजुकेसन एण्ड भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा मल्टि डाइनामिक, मिदास फाइनान्स, डेसी टड्का, रसोइ मास्टर, भियतनाम ओइ, अन्नपूर्ण बेभरेज, ८८४८ म: म: हाउस, नेपाली कम्युनिटी गोल्ड कोस्टले सह प्रायोजको रुपमा सहयोग गरेका थिए ।
प्रतियोगितामा पहिलो र दोस्रो स्थान प्राप्त गरेका टिमलाई क्रमस नगद १५ सय र एक हजार डलर ,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्