नेभिगेशन
LEADING_MAIN

अष्ट्रेलिया उडानको लागि नेपाल एअरलाइन्स तयार

अष्ट्रेलियावाट नेपालकोे लागि उडान भर्नका लागि नेपाल सरकारले नेपाल एअरलाइन्सको नाम तोकेर अस्ट्रेलियन सरकारलाई पत्राचार गरेको छ । सन २०१९ मा नेपाल र अस्ट्रेलियाबिच बिमान उडाउन पाउने एअर सर्भिस संझौता भएको चार बर्षपछि नेपाल सरकार पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत नेपाल एअरलाइन्सलाई अस्ट्रेलीया उडानको लागि आधिकारीक बायुसेवा तोक्ने काम गरेको हो ।
अब यस निर्णयलाई अस्ट्रेलियास्थीत नेपाली राजदुतावासले अष्ट्रेलियन सरकारको सम्व्न्धित निकायलाई यसको पत्राचार गरिसकेपछि उडानको प्रारम्भीक ढोका खुल्ने भएको छ ।
नेपाल एअरलाइन्सले कोभिडको महामारीका बेला नेपालीको उद्धारका लागि काठमाडौ क्यानबेराको उडान भरेता पनि आधिकारीक रुपमा नेपाली बायुसेवाहरुले नियमति कुनै उडान गर्नसकेका छैनन । अष्ट्रेलियामा नेपाली समाजको बढोत्तरीसँंगै अबका दिनमा अस्ट्रेलिया नेपालको सिधा उडान आवश्यक मात्र हैन अत्यावश्यकनै भैसकेको देखिन्छ । दिनहुँ सयौको संख्यामा नेपालीहरु अष्ट्रेलियावाट नेपाल र नेपालवाट बिध्यार्थीहरुको अस्ट्रेलिया आउने घुइचो थामी नसक्नु नै छ ।
कुनैपनि दुइ राष्ट्र बिच अवाइ सेवा प्रारम्भ गर्नुअघि आधिकारीक रुपमा सम्वन्धित मुलुकले बिमान कम्पनीको नाम तोक्नु पर्दछ र यस पटक नेपाल एयरलाइन्स उडानका लागि इच्छुक देखिएकोले नेपाल सरकारले यसलाई आधिकारीता दिने काम गरेको हो , अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले बताए । हवाइ संझौता भइसकेपछि यो निर्णयपछि अब नेपाल अष्ट्रेलिया बिचको सिधा उडानको ढोका खुलेको छ र अब अन्य प्रकृयाहरु अगाडि बढने बिश्वास हामीले लिएका छौ , राजदुत पोखरेलले बताए । यो नेपाल समाजको लागि खुसीको बिषय पनि हो , किनभने हामी हाम्रै ध्वजाबाहक बिमानमा चढेर आफ्नो देश आउन जान पाउनु गर्वको बिषय पनि हो , राजदुत पोखरेलले सुनाए ।
यस निर्णयपछि नेपाल एअरलाइन्सले दुइ देश बिचको उडानका लागि सीभिल एभियसन अथोरिटी अफ अष्ट्रेलियासँंग अनुमती लिनु पर्ने हुन्छ र त्यो प्रकृया चाडैनै अगाडि बढने बिश्वास समेत लिएको नेपाली राजदुतावासका नियोग उपप्रमुख कुल बहादुर मगरले जानकारी गराए ।
हुन त यतिखेर सीडनीवाट मात्रै हप्ताको सातै दिन नेपाल जानेहरुको भिड लाग्ने गर्दछ । तर त्यसका लागि नेपालीहरुले मंहगो टिकट र अन्य एयरलाइन्सको सहारा लिनु परीरहेको छ ।
यदी नेपाल एयरलाइन्सले साताको दुइ दिन मात्र काठमाडौ सीडनी काठमाडौ उडान भर्न सकेमा त्यो अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि गौरवको बिषयसँंगै सहज यात्रा पनि संभव हुने थियो , एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल बताउछन । हरेक दिन दुइ तिन दर्जन अभिभावकहरु नेपालवाट अस्ट्रेलिया झर्नुहुन्छ, अग्रेजी नबुभने र ट्रान्जीटको झन्झटीलो प्रकृयावाट उहाहरु कति पीडत हुनुहुन्छ हामीले देखेका छौ , यदि काठमाडौवाट सिधै अस्ट्रेलिया आउन पाउने हो भने सबैका लागि कति सहज र सुविधा हुने थियो होला, कोषाध्यक्ष पोखरेलले सुनाए ।
हामीले धेरै अगाडि देखि यसको हल्ला सुनेका हौ तर अहिले आएर कार्यान्वयन पक्षमा केहि काम अगाडि बढेको सुनियो , यो खुसीको कुरा हो र नेपाली राजदुतावासलाई यसका लागि धन्यवाद दिनुपर्दछ , एनआरएन अभियन्ता डा ज्ञानेन्द्र रेग्मीले भने । यस्ता महत्वपुर्ण बिषयहरुमा हामीले कुरा होइन काम प्रारम्भ गर्नुपर्दछ अनि मात्र यहा बस्ने दुइ लाख नेपालीले राजदुतावासको महत्व अनुभुती गर्नेछन , रेग्मीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्