नेभिगेशन
LEADING_MAIN

विस रियल स्टेटमा एम्पल समाहित

अस्ट्रेलियामा नेपालीहरुको स्वामित्वमा रहेको पहिलो रियल स्टेट विसमा अर्को नेपाली रियल स्टेट एम्पल मिसिएको छ । अब एम्पल पनि विस रियलस्टेटको छाता मुनी रहदै आपसी साझेदारी अगाडि बढाउने भएको छ । शनिबार सीडनीमा आयोजित मर्जर कार्यक्रममा विस रियलस्टेटका प्रीन्सीपल कल्याण कडेंलले नेपाली व्यबशायीहरु बिच आपसी प्रतिस्पर्धा गर्नुभन्दा मिलेर अन्य समुदायसँंग् प्रतिस्पर्धा गर्नु आजको आवश्यकता रहेको बताए । कडेंलले एम्पलसगको सहकार्यले विसको टिम ठुलो मात्र नभएर यसको दायरा पनि फराकिलो हुने बिश्वास ब्यक्त गरे । मर्जर कार्यक्रममा एम्पलवाट आएका प्रीन्सीपल पुर्णनाथ घिमिरे लगायतको टोलीलाई आफ्नो ब्रान्डको टाइ लगाएर कल्याण कडेल र शिविर श्रेष्ठले विसमा न्यायो स्वागत गरेका थिए । जसमा एम्पलवाट विस आएका जिवन शर्मा, भरत ज्ञवाली, सुनिल भण्डारी, भोला थापा, दिलु केसी, अभिशेक पाठक रबिन्द्र सापकोटालाई विसको टाइ प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै एम्पलका पुर्णनाथ घिमिरेले रियलस्टेटको पछिल्लो प्रतिस्पर्धात्मक बजारमा आपसी एकता र भाइचाराको आवश्यकता टडकारो देखिएकोले एम्पल विसमा समाहित भएको सुनाए । घिमिरेले विस अस्ट्रेलियामा नेपालीहरुको स्वामित्वको पहिलो रियलस्ेटट भएकोले पनि यसको बिश्वसनियता र प्रभाव नेपाली समाजका महत्वपुर्ण रहेको कारण आफुहरु यही ब्रान्ड भित्र रहेर अगाडि बढने निर्णयमा पुगेको बताए ।
कार्यक्रममा मार्गेज ब्रोकर नविता काफ्ले , लेख गुरुङ तथा समाजिक अभियन्ता डा ज्ञानेन्द्र रेग्मी र सुरेन्द्र सिग्देल डा राजु माननधरलगायतले पनि विसको सफलताको शुभकामना प्रदान गरेका थिए । विसका संस्थापकमध्येका एक सिताराम घिमिरेले सन्चालन गरेको मर्जर कार्यक्रममा विसको केन्द्रीय टोलीका किरण श्रेष्ठ र शैलेन्द्र श्रेष्ठको उपस्थीती रहेको थियो । कार्यक्रममा विसको सेन्ट्रलकोष्ट शाखाका बिकाश काफ्ले ,राकेश थापा, कुमार खकुरेल,प्रमोद न्यौपाने , बाबु कडरीयाको उपस्थीती रहेको थियो । कार्यक्रममा विस रियलस्ेटटका नया एजेन्टहरु सारथी मुथुकृष्णन,राजुकमार सापकोटा , दिप थापा र सुजन श्रेष्ठलाई विसको टिममा स्वागत गरिएको थियो । मर्जर कार्यक्रममा बिल्डरकातर्फवाट दिपेन्द्र उप्रेती र रबिन्द्र उप्रेतीले उपस्थीती जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्