नेभिगेशन
LEADING_MAIN

एडीलेडमा नेपाल फेस्टिभल सम्पन्न

अष्ट्रेलियामा नेपालको पर्यटन प्रर्वधन गर्न उद्देश्यसहित दक्षीणी शहर एडिलेडमा नेपाल महोत्सव सम्पन्न भएको छ । मुलुकको कला संस्कृती झल्काउने भेष भुषा र झन्डा सहित शहरको केन्द्रमा परेडेसँगै नेपाल महोत्सव एडिलेड सुरु भएको थियो । यस्तै दक्षिण अष्ट्रेलियाका बिभिन्न राजनितीक दलका नेता, मन्त्री र सांसदहरुको बिशेष उपस्थीतीसँंगै प्रमुख अतिथी अष्ट्रेलियाका लागि नेपालका राजदुत महेशराज पोखरेलले पानसमा बत्ती बालेर महोत्सवमा रंग थपेका थिए । एनआरएन अस्ट्रेलियाले नेपाली भाषा, कला, संस्कृतिको जर्गेनाका साथै नेपालमा पर्यटन प्रर्वधन गर्ने उद्देश्यले हरेक दुई–दुई वर्षमा अस्ट्रेलियाका प्राय: सबै राज्यमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ ।


महोत्सवमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनौस्कसको सन्देश पढेर सुनाइएको थियो । उनको शन्देशमा तिब्र रुपमा बढदो नेपाली समाज र महोत्सव सफलताको कामना गर्दै राज्यले यस कार्यक्रमका लागि आर्थिक सहयोग गरेको समेत उल्लेख गरेका थिए । पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जो बेटीसनको बलियो उपस्थीतीसँंगै माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलको उपनेता जिङ ली नेपाली साडी चोलोमा सजिएर महोत्सवमा सहभागि हुनु नेपाली समाजको लागि महत्वको बिषय बनेको थियो ।
एनआरएनए अष्ट्रेलियाकी उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले यस पटक भब्य र सभ्य रुपमा महोत्सव सम्पन्न भएकोमा खुसी ब्यक्त गरीन । संयोजक लामाले नेपाल हाउस देखि नेपाली खानासम्म र कला संस्कृतीको पहिचानका लागि गाना समेत सबैको लागि प्यारो बनेको अनुभव सुनाइन ।
साउथ अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै नेपाली समुदायका कार्यक्रम र गतिबिधि पनि बढ्दै गएका छन्। जसका कारण सरकारी तवरबाट नेपाली समुदायप्रति चासो र महत्वका साथ हेर्न थालिएको छ, एनआरएन साउथ अस्ट्रेलियाका पुर्व संयोजक नबिन पन्थले बताए । महोत्सवमा नेपालबाट आएका कलाकारहरु एस कुमार, प्रिती आले, प्रकाश सपुत , टीका प्रसाइलगायतले साँंझको माहौल तताएका थिए ।
महोत्सवका मुख्य प्रायोजक बुमरेङ ईन्टरनेशनलका निर्देशक आशिष बाग्लेले प्रवासमा नेपाल प्रवर्धन गर्ने नेपाली समुदायको यो पबित्र अभियानमा जोडिन पाउँदा आफूहरूलाई गौरवको महसुस भएको बताए । यस्ता सामाजिक सत्कार्य र कल्याणकारी कार्यमा आफुहरुको सदैव साथ र सहयोग रहने
वाग्लले प्रतिबद्धता समेत व्यक्त गरे।
महोत्सव र मेला नेपाल चिनाउने भेला पनि भएकोले एनआरएनको यस्ता कार्यक्रमहरुलाई संसारभर अगाडि बढाउनुपर्ने एनआरएनका कोषाध्यक्ष अनिल पोखरेलले बताए । कार्यक्रममा एनआरएनका केन्द्रिय उप महासचिब गणेश केसी र नारायण काफ्ले लगायतले महोत्सवको सफलताको कामना गरेका थिए । नेपाली भाषा अबका दिनमा प्रवासी नेपालीको लागि चुनौतीको बिषय बनेको छ , नेपाली नबुझने र हिप हप र अग्रजी गितमा नाच्ने नया पुस्तालाई यस्तै बिभिन्न कार्यक्रम मार्फत हाम्रो रीती रिवाजमा ढाल्नुपर्ने तढकारो आवश्यकता रहेको एनआरएनका अभियन्ता डा ज्ञानेन्द्र रेग्मीले सुनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्