नेभिगेशन
अन्य

प्राविधिक शिक्षा जिवन र जगतका लागि महत्वपुर्ण : उपकुलपती अर्याल

अस्ट्रेलिया भ्रमणमा रहेका पोखरा बिश्वबिद्यालयका उपकुलपती प्रेम नारायण अर्यालले युवाशक्तीको बढदो पलायन र दक्षजनशक्ती निमार्णका लागि प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन । गैर आवासिय नेपाली संघको प्राविधिक तथा दक्ष जनशक्ती बिभागको संयोजनमा सीड्नीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उपकुलपती अर्यालले शैक्षिक निकायहरु राजनितीक दलको मैदान भएका कारण पनि सोचे अनुरुपको सफलता र लक्ष्य हात पार्न नसकेको तितोसत्य स्वीकार्नु परेको सुनाए । बिदेशमा बसेर मातृभुमीका लागि केहि गर्न चाहने जमातको उत्साह र उमंग देखेर आफु निकै हर्षित भएको बताउदै उपकुलपती अर्यालले भने, पोखरा बिश्वबिद्यालयले आफ्ना नया पाठ्यक्रमहरुमा प्राविधिक बिषयलाई महत्वको बिषय भित्र राखेको छ ।अन्डावाट चल्ला जन्मने कुरा चित्र हेरेर सबैलाई थाहा भएपनि बास्तविक रुपमा यसको प्रविधि के हो भन्ने कुरा थाहा नभएको उदाहरण दिदै उपकुलपती अर्यालले भने आगामी दिनमा एनआरएन र पोखरा बिश्वबिद्यालयको सहकार्यमा केहि नया आयाम कोरिनु पर्दछ ।
कार्यक्रममा पोखरा बिश्वबिद्यालयका डिन दयाराज ढकालले जिन्दगी र जिवनको परिभाषालाई फराकिलो दायरामा राखेर हुर्नेपर्ने र जिवनमा समाज अनि मुलुकलाई केहि योगदान दिनसक्ने सोच महत्वपुर्ण रहेको बताए । पछिल्ला दिनहरुमा शिक्षाको आयाम भिन्ना भिन्नै रहेको र यसको महत्व अलग र फरकरुपमा लिइनुपर्ने समय आएको ढकालले बताए । प्राविधिक शिक्षाले मानिशलाई योग्य बनाउनुका साथै बैदेशिक रोजगारीको सिलसिलामा अब्बल साबीत गर्ने क्षमता समेत राख्ने डिन ढकालले बताए ।


कार्यक्रममा एनआरएनका उप महासचिब गणेश केसीले कार्यक्रमको अध्यक्षता गर्दै प्राविधिक शिक्षालाई नेपाल र अष्ट्रेलिया बिच जोडनुपर्ने बेला आएको बताए । यतिखेर अस्ट्रेलियामा कमाउ पेशाका रुपमा प्राविधिक संकायलाई मानिने उदाहरण दिदै केसीले नेपालमा पनि बिश्वबिद्यालयहरुले प्राविधिक शिक्षालाई कोर्सका रुपमा बिकास गरेर आवद्ध शिक्षण संकायहरुमा अगाडि बढाउने समय आइसकेको बताए । यसका लागि सहयोग गर्न एनआरएन सहकार्यको लागि तयार रहेको समेत उप महासचिब केसीले जानकारी गराए ।
कार्यक्रममा एनआरएनका सचिब होम पाण्डेले प्रविधिको बिकासले मानिशलाई धेरै कुरामा सहजता दिलाएको अवस्थामा प्राविधिक शिक्षा जो कोहीको लागि पनि महत्वको बिषय बनेको बताए ।
अन्तरक्रियामा बोल्दै चितवन समाजका अध्यक्ष पुर्णनाथ घिमिरेले समय परिस्थीती र बिकासले सर्टिफीकेट भन्दा अनुभव र दक्षतालाई प्राथमिकता दिएको परिप्रेक्षमा प्राविधिक शिक्षाकोम हत्व झन महत्वपुर्ण बन्दै गएको जिकिर गरे । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाका अध्यक्ष सुवांश साहले बिदेशमा प्राविधिक शिक्षाको महत्व बढीरहेको अवस्थामा मुलुकमा भने प्राविधिक शिक्षालयहरु हराउदै गएकोमा चिन्ता ब्यक्त गरे । अध्यक्ष शाहले भने ,बिदेश पढन आउने बिध्यार्थीले जुनसुकै प्राविधिक ज्ञान बोकेर आएमा आएको केहि दिन भित्रै राम्रो काम पाउन सक्छन ,यो एउटा सानो उदाहरण मात्रै हो । अन्तरक्रियामा जनसम्पर्क समितीका अध्यक्ष शुरेस गुरुङले बदलिदो परिस्थीती र बिकासक्रमसँंगै प्राविधिक शिक्षाको महत्व बढेको कारण नेपालमा पनि यसलाई महत्वपुणस् स्थान दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा पुर्व आइसीसी सदस्य अरुण ठाकुरले आफु पनि प्राविधिक क्षेत्रकै मानिश भएकोले यस्ता बिषयमा देशका निती निमार्ताले ध्यान नदिदाँ मुलुकले घाटा बेहोर्नु परेको सुनाए । यहा प्रमाणपत्र भन्दा दक्षतालाई बढि प्राथमिकता दिइन्छ तर हामी प्रमाणपत्रमा अल्झीरहेका छौ , ठाकुरले आफ्नो अनुभव सुनाए । जनसम्पर्कका पुर्व अध्यक्ष कृष्ण गीरी ,उपाध्यक्ष राजेश केसी ,जनसम्पर्कका महासचिब रोहीत खड्का ,अर्वन रियलस्टेटका बिशाल पोखरेल , इजी फाइनान्सका उद्धव भट्ट ,एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ लगायतले प्राविधिक शिक्षाको बिषयमा आआफना धारणा ब्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्