नेभिगेशन
नेपाल समाचार

रास्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ ग्रहण

एनएनए प्रतिनिधि

सिड्नी । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले मार्च १३ तारिख सोमबार अपरान्ह काठमाडौँ स्थित रास्ट्रपति भवन सितलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालय द्वारा आयिजित उक्त विशेष समारोहमा सङ्घीय कानुनबमोजिम नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । यही मार्च ९ तारिख सम्पन्न रास्ट्रपति निर्बाचनमा ३३ हजार आठ सय दुई मत प्राप्त गरि राष्ट्रपति पदमा निर्वाचित पौडेलको जन्म बिक्रम सम्बत २००१ साल असोज २९ गते तनहुँको बाहुन पोखरामा भएको हो ।

२०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका पौडेलले आफ्नो छ दशक लामो सक्रिय राजनीतिक यात्रा पार गर्दै नेपालको राष्ट्रप्रमुख बनेका हुन् । २०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उनले तनहुँबाट बिजयी बनेका पौडेल २०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री , २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना/सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री बने । २०६३ माओवादी शान्तिप्रक्रियामा आएपछि उनी शान्ति तथा पुनःनिर्माण मन्त्री बने । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बनेका पौडेलले २०६५ मा कांग्रेस संसदीय दलको नेता बनेर विपक्षी दलको नेताको भूमिका निर्वाह गरे । बिक्रम सम्बत २०१७ सालमा राजाले संसद् भङ्ग गरी वीपीलाई जेल हालेको विरोधमा प्रजातान्त्रिक आन्दोलनमा आफुलाई सहभागी गराएर सक्रिय राजनीतिमा होमिएका पौडेल २०४३ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै पार्टीको केन्द्रीय तहमा निरन्तर रहे ।

उनि २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति र २०७२ सालमा पार्टीको कार्यबाहक सभापति बने । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र करिव १५ वर्ष जेल जीवन बिताएका पौडेल नेपालको समकालीन राजनीतिज्ञमा सरल ,स्वच्छ छबि ,निस्ठा र सिदान्तप्रति प्रतिबद्ध नेताको रुपमा उभ्याउन सफल राजनीतिज्ञ हुन् ।

फोटो साभारः सामाजिक सन्जाल

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्