नेभिगेशन
LEADING_MAIN

रामचन्द्र पौडेल नेपालको नयाँ रास्ट्रपति


एनएनए प्रतिनिधि
सिड्नी । नेपालको राजधानी काठमाण्डौमा मार्च ९ तारिख विहिवार भएको रास्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्प्रधी नेकपा एमाले का उम्मेदवार सुभास नेवाङ्ग लाई पराजित गर्दै बिजयी भएका हुन् ।

काठमाण्डौको नयाँ बानेस्वरस्थित संसद भवनमा आज भएको मतदानमा पौडेलले ३३ हजार ८०२ मतभार पाए भने एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । रास्ट्रपतिमा निर्वाचित पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले र नेम्वाङलाई ९६ जना संघिय सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका थिए ।
कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेललाई मतदान गरेका थिए ।


निर्वाचन आयोगका अनुसार संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको छ । आयोगका अनुसार १९ जना संघीय सांसदतर्फबाट र प्रदेशसभातर्फबाट ३२ जना अनुपस्थित भएका थिए । त्यसैगरी राष्ट्रपति चयन प्रक्रियामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ रहे । प्रदेश सभातर्फ राप्रपाका २८, नेमकिपाका ३ र जसपाका १ जना सांसद राष्ट्रपति निर्वाचनमा अनुपस्थित रहे ।


कुल ८८२ मतदाता रहेकोमा जम्मा ८३१ मत खसेको थियो । निर्वाचन आयोगका अनुसार संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।
प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्य छन् । यसमध्ये उपचारका क्रममा विदेश रहेका साम्सदद्वय कांग्रेसका डा चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन मतदानमा सहभागी हुन सकेनन । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले एमालेका लक्ष्मी महतो कोइरी अनुपस्थित रहे भने सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ ।


रास्ट्रपति पदमा निर्बाचित भएपछि संचारकर्मीहरुसंग कुरा गर्दै रामचन्द्र पौडेलले लामो संघर्ष र हजारौको बलिदानीबाट ल्याएको गणतन्त्रलाई सस्थागत गर्दै संविधानको मर्म र भावना अनुरुप रास्ट्रहित र जनहितका कार्यक्रमलाई प्रभावकारी बनाउने तर्फ़ आफ्नो ईमान्दार प्रयास रहने बताए । उनले आफु सामान्य किसान परिवारमा जन्मिएको र जनताका बास्तबिक समस्याका बारेमा आफुले नजिकबाट बुझेको बताउदै जनताका समस्याका समाधानमा आफ्नो सधै सकारात्मक भूमिका रहने उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्