नेभिगेशन
LEADING_MAIN

जन सम्पर्क समिती अस्ट्रेलियाद्धारा केन्द्रिय सदस्य डिला संग्रौलालाई सम्मान

जनसम्पर्क समिती अस्ट्रेलियाले एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेशकी केन्द्रिय सदस्य डीला संग्रौला तथा पत्रकार महासंघका पुर्व अध्यक्ष शुरेस आचार्यलाई सम्मान तथा स्वागत गरेको छ । कार्यक्रममा प्रमुख अतिथीको हैसीयतवाट
बोल्दै नेपाली कांग्रेशकी केन्द्रिय सदस्य डा . डीला संग्रौलाले प्रवासमा बस्ने नेपालीको आवाजको रुपमा रहेको दोहोरो नागरिकता बिधेयक नया राष्ट्रपतीको आगमनसगै पारीत हुने बिश्वास दिलाएकी छिन ।
केन्द्रिय सदस्य संग्रौलाले बिषम राजनितीक परिस्थीतीका बावजुद नेपाली कांग्रेशले सरकारलाई बिश्वासको मत दिनुको कारण अहिले नया परिस्थीती निमार्णमा खुल्दै आएको बताइन ।
राजनितीमा पद मात्र होइन त्याग, निष्ठा र इमानदारीता पनि महत्वपुर्ण रहने बताउदै केन्द्रिय सदस्य संग्रौलाले पछिल्लो आम निर्बाचनमा नेपाली कांग्रेशका कयैन इमानदार कार्यकर्ताले पार्टीका हितका खातिर आफ्नो सपनालाई तिलान्जली दिएको स्मरण गराइन ।
बिदेशमा बस्ने आम नेपालीहरु मुलुकको बिकास निमार्णमा प्रत्यक्ष जोडिन सके मुलुकको आर्थिक बिकासमा महत्वपुर्ण माध्यम बन्न सक्ने भएकोले नेपाल सरकारले यसतर्फ पहल गर्नु जरुरी रहेको बताउदै संग्रौलाले यहा सिकेको शिप र ज्ञानलाई नेपालसँंग जोडन आवश्यक रहेको बताइन ।
अष्ट्रेलियामा रहेका डेमोक्रयाटहरुको भातृ संगठनका रुपमा रहेको जनसम्पर्क समितीको स्वागत कार्यक्रमका बिशेष अतिथी बरिष्ठ पत्रकार शुरेस आचार्यले मुलुकको पछिल्लो परिस्थीतीमा नेपाल कांग्रेश प्रमुख प्रतिपक्ष समेत बन्न नसकेको खरो टीपर्णी गर्दै सरकारमा गएता पनि बलियो सत्ता पक्ष पनि बन्न नसकेको बताए । कांग्रेशलाई माया गर्ने देश बिदेशमा समेत यतिबिध्न कार्यकर्ता रहेता पनि त्यसको महत्व बुझन नसकेको र कांग्रेशलाई सिध्याउन कांग्रेसीनै अग्रसर रहने गरेको तितो यर्थाथको चित्रण गरे । उनले प्रेश स्वतन्त्रताको पक्षधरका रुपमा रहेको लोकतान्त्रीक पार्टीका हैसियतले कांग्रेशले
कुनै ठोस काम गर्न नसकेको समेत आरोप लगाए ।
कार्यक्रममा बोल्दै जनसम्पर्क समितीका पुर्व अध्यक्ष कृष्ण गीरीले दोहोरो नागरिकता र जनसम्पर्क समितीको सवालमा पार्टीको स्पष्ट धारणा आउन नसक्दा बिदेशमा रहेका कार्यकर्ताहरु अलमलमा परेको बताए । हामीले बिदेशमा बसेर पार्टीमा लेबी बुझाएपनि पार्टीले न्यायसंगत रुपमा समान ब्यबहार गर्न नसकेको उनले बताए । अबका दिनमा जनसम्पर्क समिती मार्फत एनआरएनलाई परिचालन गर्ने र पार्टीलाई बिदेशी भुमिमा बिस्तार गर्ने योजनामा पार्टीले शसक्त भुमिका खेल्नुपर्ने गीरीले बताए । कार्यक्रममा चितवन समाजका अध्यक्ष पुर्णनाथ घिमिरेले नेपाली कांग्रेश न्याय ,स्वतन्त्रता र कानुनी राज्यको पक्षमा अग्रसर पार्टी भएकोले बिदेशमा रहेका संगठनहरु पनि ंनेपाली कांग्रेश पक्षधर रहेको बताउदै अगाडी भने अब पार्टीले पनि कार्यकर्ताको बिश्वास जित्ने बेला आएको छ ।
कार्यक्रममा जनसम्पर्क समितीको एनएसडब्लु राज्य संयोजक शितल खाड गिरीले छोटो समयको निम्तामा पनि बलियो उपस्थीती जनाइदिनु भएकोमा सबैलाई स्वागत गर्दै आगामी दिनमा सबैको माया र ममता पाइरहने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा सभापतीत्वको आशनवाट बोल्दै जन सम्पर्क समितीका अध्यक्ष शुरेस गुरुङले पार्टीको केन्द्रिय सदस्य तथा प्रखर महिजा नेतृको अस्ट्रेलिया बसाइ सुखद रहेको बताउदै यसैक्रममा पार्टीका धारणा
र आपसी भेटघाटका लागि अन्तक्रिया गर्न पाउनु महत्वपुर्ण क्षण रहेको सुनाए । अध्यक्ष गुरुङले पार्टीले भातृ संगठनका हिसाबले यसको महत्व बिदेशमा छरिएर रहेका नेपालीबिच महत्वपुर्ण रहेको र पार्टीले पनि यसलाई सहयोगी संस्थाका रुपमा अगाडि बढाउनु पनेै बेला आएको बताए ।
जनसम्पर्क समितीका महामन्त्री समित केसीले सन्चालन गरेको कार्यक्रममा अर्का महामन्त्री रोहित खड्का ,उपाध्यक्ष राजेश केसी लगायतले केन्द्रिय सदस्य संग्रौला र सन्चारकर्मी आचार्यलाई स्वागत गरेका थिए ।
कार्यक्रममा एनआरएन आइसीसीका सदस्य बुद्धी डल्लाकोटी, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, एनआरएनका पुर्व महासचिब ज्ञानेन्द्र रेग्मी ,मल्टी डाइनामिक अर्वनका निर्देशक तथा एनएडीएफका पुर्व अध्यक्ष डिल्ली ढकाल, नेप्लीज अष्टेलियन वेलफेयर सोसाइटी (नवाज )का अध्यक्ष चिरञ्जीबी तिवारी ,एनआरएनका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देल ,नयाका अध्यक्ष निर्जन चौलागाइ , एकाका उपाध्यक्ष कोमल पाठक लगायतको उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्