नेभिगेशन
अन्य

आज बैंकसटाउनमा भ्वाइस अफ नेपाल

चर्चित रियालीटी शो भ्वाइस अफ नेपालको अस्ट्रेलिया यात्रा अन्तरगतआज शुक्रबार सीड्नीको ब्यांकसटाउनमा घमाकेदार प्रस्तुती दिने कार्यक्रम रहेको छ । भ्वाइसको टिममा रहेका शुसील नेपाल ,कोच प्रमोद खरेल र भ्वाइसका पछिल्ला दुइ. संस्करणका विजेता करण राई र किरण गजमेर तथा आरिफ राउफ र बर्षा इटानी यस पटक अस्ट्रेलिया भ्रमण सफल भएको र शुक्रबार सीडनीमा भब्य सहभागिता हुने आशा राखेको बताए । हामीले दर्शकको माया पाएका छौ, सीडनीमा थप उत्साहका साथ प्रस्तुती दिने छौ, शुसीलले बताए ।
भ्वाइसको यो टिमले राजधानी क्यानबेराको नेपाल महोत्सवमार्फत आफ्नो धमाकेदार प्रस्तुती दिएर वाहवाही कमाइसकेको छ भने एडिलेडमा पनि शुक्रबार राती दर्शकको बलियो उपस्थीतीसँंगै उत्कृष्ट संगित पस्कीन सफल भैसकेको छ । एडिलेडको डोम पोलस्कीमा सम्पन्न भ्वाइस अफ नेपालको प्रस्तुतीलाई सबै दर्शकले रुचाएका थिए । त्यसमा पनि कोच प्रमोद पोखरेलको बिशेष प्रस्तुती निकै आर्कषक रहेको सहभागिहरुले बताए ।
बैंकसटाउनको पेसअवेमा आयोजना हुने यस सांगितिक कार्यक्रम भब्य र सभ्य हुने आयोजक मध्येक शिव बन्जाराले सुनाए । त्यसअघि यो सांगितिक समुहले ब्रिजेबनमा फेब्रुअरी २२ तारिखका दिन र क्रेन्समा फेब्रुअरी २५ तारिखमा कार्यक्रम गरेको थियो । । सीडनीको आजको शो पछि क्रेन्स र त्यसपछि भ्याइस अफ नेपालको अन्तिम प्रस्तुती मेलवर्नमा ५ मार्चमा हुने तय भएको बन्जाराले जानकराी गराए ।
भ्याइस अफ नेपाल मुलुक चिनाउने रियालीटी शो भएका कारण पनि यसको श्रृबृद्धी गर्नु हाम्रो दायित्व पनि हो , बन्जाराले भ्याइस अफ नेपालको अस्ट्रेउलया यात्राको बिषयमा यसरी सुनाए ।
कार्यक्रमका कार्यकारी तथा प्रस्तोता शुशिल नेपाल भ्याइसको अस्ट्रेलिया यात्राका दौरान यसपटक नया प्रतिभाहरुको उपस्थीती र प्रर्दशन निकै बेजोड रहेको बताउछन ।
हामी माध्यम मात्र हौ, लुकेर बसेका प्रतिभालाई दर्शकमाझ ल्याइदिने । जब उनिहरु दर्शकको रोजाइमा पर्छन तब उनिहरुको प्रतिभा थप निखारिदै जान्छ । भ्याइस अफ नेपालको यात्रामा आफुले संगालेको अनुभव र अनुभुती निकै रोमान्चक रहेको शुशिल बताउछन । उनि दर्शकलाई भ्याइसलाई माया गरिदिन पनि आग्रह गर्दै भन्छन, हिजो टलिभिजनमा हेरीदिनुभयो अब प्रत्यक्ष उपस्थीती भएर हौसला बढाइदिनु होला ।
अन्तर्राष्ट्रीय विध्यार्थीहरुको अस्ट्रेलियन संगठन सीसाका पुर्व अध्यक्ष विजय सापकोटा नया पुस्तालाई नेपाली भाषा सिकाउने महत्वपुर्ण माध्यमका रुपमा रहेको यस्ता रियालीटी शो हरु अस्ट्रेलियामा प्रर्दशनीमा आउनु आफैमा महत्वपुर्ण बिषय भएको बताउछन । घर घरमा रहेका साना नानीहरु भ्वाइस अफ नेपाल हेरेर आफ्नो भाषा बोल्ने गरेको मैले देखेको छु ,यसैले पनि यस्ता कार्यक्रमहरुलाई बढावा दिनु हाम्रो कर्तब्य पनि हो । भ्वाइस अफ नेपालको सीडनी संस्करणको जिम्मा भने गगन शर्माले लिएका छन ।आज बैंकसटाउनमा भ्वाइस अफ नेपाल
नेपालको चर्चित रियालीटी शो भ्वाइस अफ नेपालको अस्ट्रेलिया यात्रा यतिखेर यहाका स्थानिय नेपाली दर्शकको रोजाइमा परेको छ । आज शुक्रबार भ्वाइस् अफ नेपालले सीड्नीको ब्यांकसटाउनमा घमाकेदार प्रस्तुती दिने कार्यक्रम रहेको छ । भ्वाइसको टिममा रहेका शुसील नेपाल ,कोच प्रमोद खरेल र भ्वाइसका पछिल्ला दुइ. संस्करणका विजेता करण राई र किरण गजमेर तथा आरिफ राउफ र बर्षा इटानी यस पटक अस्ट्रेलिया भ्रमण सफल भएको र शुक्रबार सीडनीमा भब्य सहभागिता हुने आशा राखेको बताए । हामीले दर्शकको माया पाएका छौ, सीडनीमा थप उत्साहका साथ प्रस्तुती दिने छौ, शुसीलले बताए ।
भ्वाइसको यो टिमले राजधानी क्यानबेराको नेपाल महोत्सवमार्फत आफ्नो धमाकेदार प्रस्तुती दिएर वाहवाही कमाइसकेको छ भने एडिलेडमा पनि शुक्रबार राती दर्शकको बलियो उपस्थीतीसँंगै उत्कृष्ट संगित पस्कीन सफल भैसकेको छ । एडिलेडको डोम पोलस्कीमा सम्पन्न भ्वाइस अफ नेपालको प्रस्तुतीलाई सबै दर्शकले रुचाएका थिए । त्यसमा पनि कोच प्रमोद पोखरेलको बिशेष प्रस्तुती निकै आर्कषक रहेको सहभागिहरुले बताए ।
बैंकसटाउनको पेसअवेमा आयोजना हुने यस सांगितिक कार्यक्रम भब्य र सभ्य हुने आयोजक मध्येक शिव बन्जाराले सुनाए । त्यसअघि यो सांगितिक समुहले ब्रिजेबनमा फेब्रुअरी २२ तारिखका दिन र क्रेन्समा फेब्रुअरी २५ तारिखमा कार्यक्रम गरेको थियो । । सीडनीको आजको शो पछि क्रेन्स र त्यसपछि भ्याइस अफ नेपालको अन्तिम प्रस्तुती मेलवर्नमा ५ मार्चमा हुने तय भएको बन्जाराले जानकराी गराए ।
भ्याइस अफ नेपाल मुलुक चिनाउने रियालीटी शो भएका कारण पनि यसको श्रृबृद्धी गर्नु हाम्रो दायित्व पनि हो , बन्जाराले भ्याइस अफ नेपालको अस्ट्रेउलया यात्राको बिषयमा यसरी सुनाए ।
कार्यक्रमका कार्यकारी तथा प्रस्तोता शुशिल नेपाल भ्याइसको अस्ट्रेलिया यात्राका दौरान यसपटक नया प्रतिभाहरुको उपस्थीती र प्रर्दशन निकै बेजोड रहेको बताउछन ।
हामी माध्यम मात्र हौ, लुकेर बसेका प्रतिभालाई दर्शकमाझ ल्याइदिने । जब उनिहरु दर्शकको रोजाइमा पर्छन तब उनिहरुको प्रतिभा थप निखारिदै जान्छ । भ्याइस अफ नेपालको यात्रामा आफुले संगालेको अनुभव र अनुभुती निकै रोमान्चक रहेको शुशिल बताउछन । उनि दर्शकलाई भ्याइसलाई माया गरिदिन पनि आग्रह गर्दै भन्छन, हिजो टलिभिजनमा हेरीदिनुभयो अब प्रत्यक्ष उपस्थीती भएर हौसला बढाइदिनु होला ।
अन्तर्राष्ट्रीय विध्यार्थीहरुको अस्ट्रेलियन संगठन सीसाका पुर्व अध्यक्ष विजय सापकोटा नया पुस्तालाई नेपाली भाषा सिकाउने महत्वपुर्ण माध्यमका रुपमा रहेको यस्ता रियालीटी शो हरु अस्ट्रेलियामा प्रर्दशनीमा आउनु आफैमा महत्वपुर्ण बिषय भएको बताउछन । घर घरमा रहेका साना नानीहरु भ्वाइस अफ नेपाल हेरेर आफ्नो भाषा बोल्ने गरेको मैले देखेको छु ,यसैले पनि यस्ता कार्यक्रमहरुलाई बढावा दिनु हाम्रो कर्तब्य पनि हो । भ्वाइस अफ नेपालको सीडनी संस्करणको जिम्मा भने गगन शर्माले लिएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्