नेभिगेशन
LEADING_MAIN

मार्च १८ मा एडिलेडमा नेपाल महोत्सव हुने

एनएनए प्रतिनिधि

सिड्नी । गैर आवासिय नेपाली संघ(एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा मार्च १८ मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल हुने भएको छ । महोत्सवका बारेमा जानकारी दिने उद्देस्यले २१ फ्रेबुअरीमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले महोत्सवलाई भब्य र सभ्य रुपले सम्पन्न गर्न एडिलेड र त्यसको वरिपरी बसोबास गर्ने नेपाली सामाजिक सस्थाहरु र समुदायको भूमिका महत्वपुर्ण हुने बताईन । एनआरएनए अस्ट्रेलियाले नेपाली भाषा, कला, संस्कृतीको पहिचान प्रदर्शन गर्दै नेपालमा पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले हरेक दुईदुई बर्षमा अस्ट्रेलियाका प्राय सबै राज्यहरुमा नेपाल फेस्टिवलको आयोजना गर्दै आएको छ । आगामी मार्च १८ तारिख बिहान ९.३० बजे एडिलेडको स्थानिय रन्डल महलबाट नेपाली झाकीहरु सहितको पदयात्रा हुने छ । त्यसैगरी साँझ ९ बजे " यो मन त मेरो नेपाली हो " नेपाली गितको संगितमा आतसबाजी हुने कार्यक्रम रहेको छ ।

महोत्सवका बारेमा नेपाल न्युज अस्ट्रेलिया प्रतिनिधिसंग कुरा गर्दै संयोजक लामाले महोत्सवमा साना ठुला गरी ४० ओटा स्टल राखिने र जसमा नेपाली खानाका परिकार एबं शैक्षिक परामर्शदाताका स्टलहरु रहनेछन् । महोत्सवमा साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसास्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलकोको उप नेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने बताईएको छ । साउथ अस्ट्रेलियामा नेपालीहरुको संख्या बढेसंगै नेपाली समुदायका कार्यक्रम र गतिबिधिहरु पनि बढ्दै गएका छन् । जसका कारणले सरकारी तवरबाट नेपाली समुदाय प्रति चासो र महत्वका साथ हेर्न थालिएको छ । महोत्सवमा गरिने सांस्कृतिक कार्यक्रमका लागी नेपालबाट प्रिती आले,प्रकाश सपुत, देबेन्द्र बब्लु लगायतका कलाकारहरु आउनेछन् ।

टोरेन्स युनिभर्सिटी अष्ट्रेलियाले बुमेराङ इन्टरनेशनल एजुकेशन सर्भिस संग सहकार्यमा मुख्य प्रायोजक रहेको यस पटकको एडिलेड फेस्टिवलमा विस हजार भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक बुमरेङ ईन्टरनेशनलका निर्देशक आशिष बाग्ले र टोरेन्स युनिभर्सिटीका मुख्य कार्यकारी टोमेन मोक्वाचरले प्रवासमा नेपाल प्रबर्धन गर्ने नेपाली समुदायको यो पबित्र अभियानमा जोडिन पाउदा आफुहरुलाई गौरवको महसुस भएको बताउदै यस्ता सामाजिक सत्कार्य र कल्याणकारी कार्यमा आफुहरुको सदैव साथ र सहयोग रहने प्रतिबद्दता व्यक्त गरे । नेपाल महोत्सवलाई सफल बनाउन मिडिया समवन्य , परेड व्यवस्थापन , स्टल व्यवस्थापन लगायतका विभिन्न १४ ओटा उपसमितिहरु गठन गरिएको आयोजक सस्थाले जनाएको छ ।

Seen by Madhav Gairhe at 3:23 PM

Enter

Write to Madhav Gairhe

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्