नेभिगेशन
अन्य

भ्वाइस अफ नेपालको अस्ट्रेलिया यात्रा जारी

सीडनीमा आउदो शुक्रबार बैंकसटाउन थर्किने


नेपालको चर्चित रियालीटी शो भ्वाइस अफ नेपालको अस्ट्रेलिया यात्रा यतिखेर यहाका स्थानिय नेपाली दर्शकको रोजाइमा परेको छ । भ्वाइसको टिममा रहेका शुसील नेपाल ,कोच प्रमोद खरेल र भ्वाइसका पछिल्ला दुइ. संस्करणका विजेता करण राई र किरण गजमेर तथा आरिफ राउफ र बर्षा इटानी यस पटक अस्ट्रेलिया भ्रमणमा समावेश रहेका छन ।
भ्वाइसको यो टिमले राजधानी क्यानबेराको नेपाल महोत्सवमार्फत आफ्नो धमाकेदार प्रस्तुती दिएर वाहवाही कमाइसकेको छ भने एडिलेडमा पनि शुक्रबार राती दर्शकको बलियो उपस्थीतीसँंगै उत्कृष्ट संगित पस्कीन सफल भैसकेको छ । एडिलेडको डोम पोलस्कीमा सम्पन्न भ्वाइस अफ नेपालको प्रस्तुतीलाई सबै दर्शकले रुचाएका थिए । त्यसमा पनि कोच प्रमोद पोखरेलको बिशेष प्रस्तुती निकै आर्कषक रहेको सहभागिहरुले बताए ।

यो टिमको अस्ट्रेलिया यात्रा अन्र्तगत २४ फेब्रुअरीमा सीडनीमा बिशेष प्रस्तुती रहेको आयोजक तथा युनिभर्सल थट कन्सल्टका निर्देशक शिव बन्जाराले बताए । बैंकसटाउनको पेसअवेमा आयोजना हुने यस सांगितिक कार्यक्रम भब्य र सभ्य हुने बन्जाराले सुनाए । त्यसअघि यो सांगितिक समुहले ब्रिजेबनमा फेब्रुअरी २२ तारिखका दिन र क्रेन्समा फेब्रुअरी २५ तारिखमा कार्यक्रम आयोजना गर्ने तालिका रहेको छ । सीडनीको शो पछि क्रेन्स र त्यसपछि भ्याइस अफ नेपालको अन्तिम प्रस्तुती मेलवर्नमा ४ मार्चमा हुने तय भएको बन्जाराले जानकराी गराए ।
भ्याइस अफ नेपाल मुलुक चिनाउने रियालीटी शो भएका कारण पनि यसको श्रृबृद्धी गर्नु हाम्रो दायित्व पनि हो , बन्जाराले भ्याइस अफ नेपालको अस्ट्रेउलया यात्राको बिषयमा यसरी सुनाए ।
कार्यक्रमका कार्यकारी तथा प्रस्तोता शुशिल नेपाल भ्याइसको अस्ट्रेलिया यात्राका दौरान यसपटक नया प्रतिभाहरुको उपस्थीती र प्रर्दशन निकै बेजोड रहेको बताउछन ।
हामी माध्यम मात्र हौ, लुकेर बसेका प्रतिभालाई दर्शकमाझ ल्याइदिने । जब उनिहरु दर्शकको रोजाइमा पर्छन तब उनिहरुको प्रतिभा थप निखारिदै जान्छ । भ्याइस अफ नेपालको यात्रामा आफुले संगालेको अनुभव र अनुभुती निकै रोमान्चक रहेको शुशिल बताउछन । उनि दर्शकलाई भ्याइसलाई माया गरिदिन पनि आग्रह गर्दै भन्छन, हिजो टलिभिजनमा
हेरीदिनुभयो अब प्रत्यक्ष उपस्थीती भएर हौसला बढाइदिनु होला ।
अन्तर्राष्ट्रीय विध्यार्थीहरुको अस्ट्रेलियन संगठन सीसाका पुर्व अध्यक्ष विजय सापकोटा नया पुस्तालाई नेपाली भाषा सिकाउने महत्वपुर्ण माध्यमका रुपमा रहेको यस्ता रियालीटी शो हरु अस्ट्रेलियामा प्रर्दशनीमा आउनु आफैमा महत्वपुर्ण बिषय भएको बताउछन । घर घरमा रहेका साना नानीहरु भ्वाइस अफ नेपाल हेरेर आफ्नो भाषा बोल्ने गरेको मैले देखेको
छु ,यसैले पनि यस्ता कार्यक्रमहरुलाई बढावा दिनु हाम्रो कर्तब्य पनि हो । भ्वाइस अफ नेपालको सीडनी संस्करणको जिम्मा भने गगन शर्माले लिएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्