नेभिगेशन
खेलकुद

एक्सपर्ट कप फुटबलको उपाधि नेपाल युनाइटेडलाई

कृष्ण तिवारी
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भएको एक्सपर्ट कप फुटबलको उपाधि नेपाल युनाइटेडले हात पारेको छ ।
तामाङ रिक्रेयसनल क्लबको आयोजनामा सम्पन्न फाइनलमा सिड्नीको माछापुच्छ्रे फुटबल क्लबलाई ४–० गोल अन्तरमा हराउदै क्यानबेराको नेपाल युनाइटेडले उपाधि उचालेको जितेको हो । नेपाल युनाइटेडले उपाधि सहित तीन हजार डलर नगद र ट्रफी तथा पदक हात पारेको छ। केही नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित मैदानमा उत्रिएको नेपाल युनाइटेडले वर्षाले प्रभावित फाइनलमा एकतर्फी खेल खेल्दै प्रतिद्धन्द्धी माछापुच्छ्रेलाई पराजित गरेको हो । युनाइटेडले कप्तान विवेक गुरूङले २ तथा विमल राना र रूपक लामाले १–१ गोल गर्न सफल भएका थिए ।
प्रतियागिताको उत्कृष्ट खेलाडीको उपाधि भर्खरै नेपालबाट आएका राष्ट्रिय खेलाडी हेमन थापा मगर भए । यस्तै उत्कृष्ट गोलरक्षकमा नेपाल युनाइटेडकै अनिष मैनाली भए।

सर्वाधिक गोलकर्ताको उपाधि पनि नेपाल युनाइटेडका कप्तान विवेक गुरूङले जिते । उनले प्रतियोगिताभर ८ गोल गरेका गरे । प्रतिगोगिताका विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दै मुख्य प्रायोजक एक्सपर्ट एजुकेशनका निर्देशक सन्जिव शर्माले फुटबलले आफसी भाइचारा कायम राख्दै अनुशासन र स्वस्थ्य बनाउने काम गर्ने भएकोले यो प्रतिस्पर्धासगै पहिचानका लागि समेत महत्वपूर्ण रहेको बताए।

शर्माले प्रवासमा आपसी भाइचारा र सामाजिक सहकार्यमा एक्सपर्टको तामाङ रिक्रेयसनसग लामो सहकार्य गर्दै अगाडि बढेको बताए ।

नेपालबाट सहभागिता जनाउन आएका राष्ट्रिय खेलाडीले यहाको व्यवसायीक फुटबलमा समेत प्रयास गरे त्यो सबैका लागि महत्वपूर्ण शन्देश बन्ने उनले बताए ।
कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष तथा वरिष्ट प्रशिक्षक उदय कुमार श्रेष्ठले दोस्रो हुने टिमलाई उपाधि प्रदान गरेका थिए।
प्रतियोगिताका विजेता खेलाडीलाई अष्ट्रेलियन नेप्लीज फुटबल संघका प्रशिक्षक मिलन थापा एन्फाका प्रशिक्षक, प्रतियोगिता संयोजक विजय लामा, क्लबका अध्यक्ष अनिल तामाङ लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा नेपाली समुदायका खेल प्रेमीहरुको पनि उपस्थिति रहको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।