सिड्नी । नेपालको सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै र बिशिस्ठ स्थान बनाउन सफल सांगेतिक ब्याण्ड "नेपथ्य " ले आगामी फ्रेबवारी १० तारिख शुक्रबार साँझ सिड्नी स्थित मुर पार्कको होड्रन प्याभिलियानामा आफ्नो सांगेतिक प्रस्तुति गर्ने भएको छ । ५५ सय क्षमताको उक्त हलमा विश्वका चर्चित गायकहरूले कन्सर्ट गर्दै आएका छन् ।
नेपथ्यले म्युजिक फर ह्युम्यानिटि नाम दिएर अस्ट्रेलियाको विभिन्न आठ शहरमा आफ्नो कन्सर्ट गर्न लागेको हो । जनवरी २५ तारिख डार्बिनबाट सुरु हुने नेपथ्याको यात्रा २८ जनवरीमा एडिलेड ,३१ जनवरीमा ब्रिसबेन ,३ फ़्रेबुअरिमा क्यानबेरा र ५ फ्रेबुरिमा पर्थ,१३ मा मेलबर्न र १७ मा तास्मानियाको हवार्टमा आफ्नो कन्सर्ट गर्ने छ । एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले नेपथ्यको सिड्नी र ब्रिसबेनमा हुने कन्सर्टको मुख्य प्रायोजक रहेको छ ।
नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका जनरल म्यानेजर मन्जित घिमिरेले प्रबासमा रहेका नेपालीहरुलाई नेपाली कला सस्कृति र गीत संगीतकोको माध्यमबाट आपसी बन्धुत्व कायम राख्दै हाम्रो मौलिकता बचाउन एक्सपर्ट एजुकेसनले सहयोग गरेको बताए । उनले हामी ब्यबसायीहरुले आफ्नो ब्यबसायको अलवा समाजप्रतिको दायीत्वलाई इमान्दार पुर्बक पुरा गर्न सधै लागिपर्दै आएको उल्लेख गरे । अस्ट्रेलियाको सांगेतिक टुरलाई नेपथ्यले "मानवताको लागी संगीत " नाराका साथ अगाढी बढाउने छ ।
लोकप्रिय गायक अमृत गुरुङको नेतृत्वमा हुने यो सांगेतिक टुरमा ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गीतारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् । नब्बेको दशकदेखि सुरु भएको नेपथ्यको यसपटकको अस्ट्रेलियाको सांगेतिक यात्रा पाचौ हो । नेपथ्यले पछिल्लो पटक सन् २०१९ को डिसेम्बरमा अस्ट्रेलियाको ६ ओटा शहरमा आफ्नो सांगीतिक यात्रा गरेको थियो ।
मौलिक गीत संगीत अनी आधुनिक संगीतको समायोजन नै नेपथ्यको पहिचान हो । ५५ सय क्षमताको उक्त हलमा विश्वका चर्चित गायकहरूले कन्सर्ट गर्दै आएका छन्। नेपथ्यको कन्सर्टको लागी टाइटल स्पोन्सरको (मुख्य प्रायोजक ) रुपमा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले र द रोयल नेपाल इभेन्ट्स र गब्बर इन्टरटेन्टमेन्ट बीच प्रतिनिधीहरुसँग एक सम्झौता भएको छ । एक्सपर्ट का अनुसार लक्की ड्र मार्फत ३ जना बिद्यार्थीलाई सिड्नी कन्सर्टको टिकट प्रदान गरिने छ । त्यसका लागी विद्यार्थीले एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको फेसबुक पेजमा गएर फर्म भर्नु पर्नेछ ।