नेभिगेशन
LEADING_MAIN

डब्बोमा बालबालिका भेटघाट तथा मनोरन्जनात्मक कार्यक्रम सम्पन्न

विकास दवाडी

सिड्नी । डब्बो नेपाली समाज अस्ट्रेलियाको आयोजनामा यहि जनवरी १५ तारिख आइतबार डब्बोमा एक कार्यक्रम सम्पन्न भएको । डब्बो क्षेत्रमा बसोबास गरेका करिब ८० बालबालिकाको सहभागीता रहेको सो मनोरन्जनात्मक कार्यक्रममा बेलुन ब्लास्ट ,बनाना रेस ,मार्बल रेस लगायत विभिन्न खेलकुद कार्यक्रम गरियो । सो अवसरमा ३ बर्ष देखि १० बर्ष सम्मका बालबालिकाले खेलकुदमा भाग लिएका थिए ।

डब्बो नेपाली समाज अस्ट्रेलियाका अध्यक्ष सुनील भण्डारीले डब्बोमा बसोबास गरिरहेका नेपालीहरुको सुख दुखको साथिको रुपमा सस्था रहेको बताउदै नेपाली बालबालिकाहरुलाई लक्षित गर्दै निकट भविष्यमा डब्बो नेपाली पाठशालाको सुभारम्भ गरिने जानकारी दिए । सो अवसरमा आफन्त भेट्न नेपालबाट आएका अभिभावकद्वय यदु भट्टराई र समाजसेबी गोपाल खड्काले प्रबासमा पनि नेपाली हरुको सहयोगी र एकताको भावनालाई जोगाइ राख्न सस्थाले खेल्दै आएको भूमिका प्रसंसनिय रहेको बताए । बिकास दवाडीद्वारा संचालित सो कार्यक्रममा खेलकुद प्रतियोगितामा बिजयी बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

सिड्नीबाट करिब ४ सय किलोमिटर पश्चिममा रहेको यो क्षेत्रमा नेपालीहरुको संख्या बर्षेनी बढ्दै गएको छ । त्यहाको नेपाली समुदायलाई लक्षित गरेर सन् २०१५ मा स्थापना गरिएको डब्बो नेपाली समाज अस्ट्रेलियाले विभिन्न चाड पर्व र अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ । यहि मेसोमा सस्थाले चाडै नै क्रिकेट टुर्नामेन्ट र आगामी मार्च ४ मा होली मेलाको आयोजना गर्दैछ ।

Seen by नेपाल न्यूज अस्ट्रेलिया at 6:35 PM

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्