नेभिगेशन
LEADING_MAIN

सिड्नीमा तमु ल्होछार मनाइयो

एनएनए प्रतिनिधि

सिड्नी । तमु ल्होछार पर्बको अवसरमा तमु समाज सिड्नीको आयोजनामा यहि जनवरी ७ तारिख सानिबार साँझ तमु ल्होछार पर्व मनाइयो । सिड्नीको हर्स्ट्भिल स्थित मराना अडोटेरियममा सम्पन्न सो कार्यक्रममा गुरुङ संस्कृति र मौलिकता झल्काउने विभिन्न नृत्यहरु, कौडा, सालैजो प्रस्तुत गरिएको थियो । विशेष अतिथिहरु, सञ्चारकर्मी, पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्यानबेरा स्थित नेपाली दुताबासका तृतीय सचिब यादब कोईरालले नेपाली कला सस्कृति ,रिती रिवाजको प्रबर्धन गर्न यस्ता कार्यक्रमले बिषेस योगदान दिने बताउदै हाम्रा पर्वको मौलिक र सास्कृतिक महत्व सदैब रहने उल्लेख गरे ।

संस्थाका अध्यक्ष युवराज गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ ,उपाध्यक्ष देब गुरुङ ,ब्यबसायी लेख गुरुङ लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सिड्नीका विभिन्न सामाजिक सस्थाका प्रतिनिधि तथा ब्यसायिहरुको बाक्लो सहभागिता रहेको थियो । सस्थाका महासचिब अर्जुन गुरुङद्वारा संचालित सो कार्यक्रमका विशेष अतिथिहरु, सञ्चारकर्मी र सस्थाका पूर्व अध्यक्षहरुलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।

Seen by नेपाल न्यूज अस्ट्रेलिया at 6:35 PM

Enter

Write to नेपाल न्यूज अस्ट्रेलिया

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्