नेभिगेशन
अन्य

सिड्नीमा चितवन समाजको भेटघाट कार्यक्रम

एनएनए प्रतिनिधि

सिड्नी । चितवन समाज अस्ट्रेलियाले आफ्नो स्थापना दिवसका अवसर पारेर सीडनीको अर्वन पार्कमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । अस्ट्रेलियाभर छरिएर रहेका चितवनबासीहरुको संगठनका रुपमा चिनिएको चितवन समाजले आयोजना गरेको घेटघाट कार्यक्रममा सीडनी र वरपर रहेका करिब दुइ सय भन्दा बढि ब्यक्तीहरुको उपस्थीती रहेको थियो । हामीले आपसी भेटघाट जिल्लाबासी बिच आपसी सम्वन्ध बिस्तार र सहयोगको आदान प्रदान होस भन्ने हेतुले स्थापना दिवसको दिन सीडनीमा बार्बीक्यु कार्यक्रमको आयोजना गरेका हौ,चितवन समाजका अध्यक्ष पुर्णनाथ घिमिरेले बताए । अस्ट्रेलियामा निकै ठुलो र बिस्तारित समाजका रुपमा पहिचान पाएको चितवन समाजले जिल्लाको शिक्षा र स्वास्थ लगायतका सामाजिक कार्यमा पनि सहयोग गर्दै आइरहेको छ ।
कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेशराज जोशी, आइसीसी सदस्य बुद्धी डल्लाकोटी , एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समितीका महामन्त्री रोहित खडका ,एनआरएन अभियन्ता
अन्जना बस्नेत , नयाका अध्यक्ष निजन चौलागाइलगायतले चितवन समाजलाई शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा एनआरएन आइसीसीका उप महासचिब गणेश केसी, एनआरएन अस्ट्रेलियाका निर्वतमान महासचिब ज्ञानेन्द्र रेग्मी, एनआरएन अभियन्ता डा राजु मानन्धर ,निरज श्रेष्ठ , मल्टी डाइनामिकअर्वनका निर्देशक डिल्ली ढकाल, जनसम्पर्क समितीका उपाध्यक्ष थानु शाक्य , राजेश केसी लगायतको सहभागिता रहेको थियो । जन्मेको माटो र हुर्केको वाटो, घाटो सबैका लागि सधै प्यारो हुन्छ ,यसैले पनि यस्ता क्षेत्रीय र भेगिय स्तरका नाममा खोलिएका संघ संस्था मुलुकको हितका खातिर सहयोगी साबित हुदै आएका छन , चितवन समाजका अध्यक्ष पुर्णनाथ घिमिरेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्