नेभिगेशन
नेपाल समाचार

म्याच फिक्सिङबारे छानबीन गर्न आइसीसी टोली काठमाडौंमा

काठमाडौं । नेपाल फ्रेञ्चाइज क्रिकेट लिगमा खेल मिलेमतो र खेल स्थलमै खेल सट्टाबाजी भएको कुरा बाहिरिएपछि त्यसको यथार्य बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टोली नेपाल आएको छ ।

काठमाडौं आएको विश्व क्रिकेटको नियामक आइसीसीका प्रतिनिधि सम्मिलित टोलीले आज राष्ट्रिय खेलकुद परिषद् राखेपका पदाधिकारीसंग भेट गरेको छ ।

आईसीसीको टोलीले आज दिउँसो राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गर्यो । त्यसअघि टोलीले आजै लिग आयोजना स्थल किर्तीपूर स्थित त्रिवि क्रिकेट मैदान पुगेर नेपाल टी-ट्वान्टीको एन्टी करप्सन युनिट, अम्पायर र खेलाडीसँग पनि भेट गर्यो ।

काठमाडौंमा भइरहेको नेपाल टी-ट्वान्टी फ्रेञ्चाइज क्रिकेट लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न नेपाल आएको आईसीसीको टोलीका सदस्यले जानकारी दिएका छन् । लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङको गतिविधि भइरहेको खेलाडीहरुले नै बताएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले त्यस विषयमा छानबिन शुरु गरिसकेको छ ।

यसैगरी राखेपले पनि विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्