नेभिगेशन
नेपाल समाचार

नेपाली क्रिकेट लिगमा म्याच फिक्सिङको लफडा; छानवीन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । किर्तिपूर स्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भइरहेको पहिलो संस्करणको नेपाल सुपर लिग क्रिकेटमा खेल मिलेमतो भएको आशंकामा छानवीन शुरु भएको छ । खेलमा सहभागी भएका खेलाडी र आवद्ध व्यक्तिहरुले लिगमा मिलेमतो भएको विषय बाहिर ल्याए पछि अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले केन्द्रीय अनसन्धान व्यूरो सिआइवीलाई निर्देशन दिनुभएको छ । लिगमा बेटिङ र स्पट फिक्सिङ समेत भइरहेको आरोप पनि लागेको छ ।

घरेलु क्रिकेटलाई प्रोत्साहन गर्ने लक्ष्य लिएर नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक घोषणा गरेको लिग पटक पटक स्थगित हुदै यहि पुष ९ गतेबाट भइरहेको छ ।

क्यानले लिग आयोजनाको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ । लिगको प्रायोजकमा वान एक्स ब्याट नाम गरेको कम्पनी रहेको छ । यो कम्पनी बेटिङ कम्पनी वान एक्स बेटको सहायक कम्पनी हो । 

खलाडी नै भन्छन्- फिक्सिङ भयो

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका खेलाडी ज्ञानेन्द्र मल्लले खेलमा मिलेमतो भएको कुरा सञ्चारकर्मीहरुसंगको कुराकानीको क्रममा नै व्यक्त गरेका छन् । उनले आफ्नो टोलीका एक सदस्यलाई मिलेमतोको प्रस्ताव आएको र त्यसको बारेमा आफूले सम्वन्धित निकायलाई जानकारी गराएको पनि उनले बताएका छन् ।

“मिलेमतोमै नगए पनि सहकर्मीलाई आएको प्रस्तावबारे जानकारी गराएको छु,” ज्ञानेन्द्रले सञ्चारकर्मीहरुलाई बताएका छन् ।

ज्ञानेन्द्रले जस्तै खेलको समिक्षक समेत रहेका सचिन तिमिल्सिनाले लिगमा मिलेमतोको आशंका सामाजिक सञ्जाल मार्फ सार्वजनिक गरेका छन् । लिग शुरु अघिबाटै यसको प्रक्रियामा संलग्न रहेको भन्दै सचिनले खेलको कमेन्ट्री गरिरहँदा मैदानमा देखेको दृश्य स्वभाविक नभएको र त्यसमा मिलेमतोको गुञ्जायस रहेको अभिव्यक्ति दिएका छन् ।

यसरी खेलमै संलग्नहरुले सार्वजनिक अभिव्यक्ति दिएपछि गृहमन्त्री लामिछानेले पनि अनुसन्धानका लागि निर्देशन दिनुभएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्