नेभिगेशन
नेपाल समाचार

को बन्ला अब प्रधानमन्त्री

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले दिएको समय सकिन ३ दिन मात्र बाँकी रहदा सत्ता साझेदार दलका नेताहरु सरकार गठनको कसरतमा जुटेका छन् । नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दलका शिर्ष नेताहरुबीचको भेटघाट तिव्र बनेको छ ।

सरकार गठन र शक्ति बाँडफाँटका लागि छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच बालुवाटारमा भेटवार्ता भएको छ । संसदीय दलको नेता चयन भएलगत्तै माओवादी अध्यक्ष प्रचन्ड प्रधानमन्त्रीलाइ भेट्न बालुवाटार पुग्नुभएको हो । यसअघि संसद भवनमा शपथग्रहण पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुहुदै अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने भन्दै प्रधानमन्त्रीका बारेमा सल्लाह भइरहेको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि शक्ति बाँडफाँडको विषयमा सहमति हुन बाँकी रहेको र गठबन्धनको बैठक बसेर टुङ्गो लगाउने बताउनुभएको छ ।

सत्ता गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू विरामी परेकोले केहि दिन भेटघाट गर्न असमर्थ रहेको भन्दै पद बाँडफाँटका बिषयमा गठबन्धन आवद्ध तीन दलका नेताहरुबीच छलफल चलाउने बताउनुभएको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भने संसदका दुइ ठूला राजनितिक दल नेपाली कांङग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले दिएको समय सकिन अब ३ दिन मात्र बाँकी रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्