नेभिगेशन
LEADING_MAIN

एडिलेड नेपाली समाजद्वारा बनभोज कार्यक्रम आयोजना

सिड्नी । एडिलेड नेपाली समाजले नेपाल बाट घुम्न आउनुभएका नेपाली अभिभावक बा ,आमाको सम्मान गर्ने उद्देस्यले यहि १७ तारिख डिसेम्बरका दिन एडिलेड स्थित मिसेल पार्कमा अभिभावक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजको बार्षिक कार्यक्रमको रुपमा सम्पन्न सो बनभोज कार्यक्रममा घैटो फुटाउने ,डोरी तान्ने लगायतका मौलिक तथा मनोरन्जनात्मक खेलहरु खेलाइएको थियो । सो अवसरमा अभिभावकहरुले नेपालि गीत संगीतर भजन कृतन गाएर भरपुर मनोरंजन लिए । नेपाल न्युज अस्ट्रेलिया संग कुरा गर्दै एडिलेड नेपाली समाजका अध्यक्ष देबराज कंडेलले - कार्यक्रममा एडिलेड र सो आसपासमा बसोबास गरेका करिब ९ सय नेपालीहरुको सहभागिता रहेको बताए ।

उनले सस्थाको स्थापना देखिनै नेपाली भाषा धर्म ,र रितिरिवाजको प्रबर्धन गर्ने मूल उद्देस्य लिएर एडिलेडमा नेपाली भाषाको पाठशालाको सुरु गरिएको र हाल करिब ९० जना बिद्यार्थीहरु अध्यापनरत रहेको जानकारी दिए । कार्यक्रममा सम्पन्न अभिभावकहरुको बेलुन पास प्रतियोगितामा ईश्वर श्रेष्ठ र शारदा श्रेष्ठको जोडी प्रथम, कृष्ण भक्त पौडेल र सावित्रा वाग्ले पौडेलको जोडी दोस्रा, उपेन्द्र प्रशाद पाण्डे र टिका देवी पाण्डेको जोडी तेस्रो भएको थियो भने हाडी फोर्ने प्रतियोगितामा पुरुष तर्फ नारायण भट्टराई र महिला तर्फ सिता पौडेल विजयी भएका थिए ।

त्यसैगरी बालबालिकाहरुको चम्चा दौड प्रतियोगितामा प्रिस पाण्डेले प्रथम , प्राजना पाण्डे,दोस्रो र इभान कडेल तेस्रो भएका थिए । बिजयीहरुलाई साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का, समाजका अध्यक्ष देवराज कडेल, पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मी, उपाध्यक्षहरु लक्ष्मी सापकोटा, सागर श्रेष्ठद्वारा पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्