नेभिगेशन
नेपाल समाचार

नेपालमा आजका प्रमुख खबर

आम निर्वाचनको अन्तिम परिणाम घोषणा

सो नतिजाको प्रतिवेदन बिहीवार राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । यसैगरी आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदलाई आगामी पुस ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।

आयोगका अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कूल ८२५ जना निर्वाचित भएका छन्। प्रतिनिधि सभामा १८४ जना पुरूष र ९१ जना महिला निर्वाचित भए भने प्रदेश सभातर्फ ३५० पुरूष र २०० महिला निर्वाचित भएका छन्।

निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ। आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको नजिता बुधवार सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभा चुनावलाई ८६ दल दर्ता भएका थिए। प्रत्यक्ष चुनावका लागि ६१ दल र समानुपातिकका लागि ४७ दलले भाग लिएका थिए।

४ हजार बढी उम्मेदवारको धरौटी रकम जफत

निर्वाचनमा ४ हजार २८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले बुधवार दायर गरेको रिट निवेदनमा नेपाली नागरिक नभएकाले लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ।

म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन्।

प्रचण्डले प्रधानमन्त्री हुने संकेत गरेका हुन्। देशको नेतृत्व आफूले गर्न पाए भ्रष्टाचार नियन्त्रण गर्ने उनले बताए।

आज कास्कीमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘अब मसँग सायद धेरै वर्ष समय छैन। तपाईंहरूको आशीर्वाद, माया र शुभकामनाले काम गर्‍यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउमा पुग्दैछु।’

उनले अब देशको नेतृत्व गर्ने ठाउँमा पुगेमा राम्रा काम गर्ने बताए। पहिलो पटक प्रधानमन्त्री हुँदा राम्रोसँग बुझ्न नपाएको र दोस्रो पटक भने केही राम्रा काम गरेको उनको भनाइ थियो।

प्रचण्डले अबको एक महिनाभित्रमा गठबन्धनबाटै नयाँ सरकार बन्ने पनि बताएका थिए।

उनले २०४७ सालदेखि यताका विशिष्ट श्रेणीका व्यक्तित्वको सम्पत्ति छानबिन गरिनुपर्ने पनि बताएका थिए।

नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ११ बजेदेखि ३ बजेसम्म बन्द

पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा सवारी साधन रोकेर पुल निर्माणका काम गरिने भएको छ।

यस सडकखण्डमा पर्ने चार वटा पुल निर्माण गर्न बाँकी छ।

सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माण गर्नका लागि सवारी साधन नै रोकेर कामलाई तीव्रता दिन लागिएको हो।

यही पुस ५ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म एक महिना हरेक दिन सवारी साधन सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जानकारी दिएको छ।

सवारी साधन रोकेर काम गर्ने समयमा सवारी साधन तोकिएका स्थानमा पार्किङ गरी राख्न पनि आयोजनाले आग्रह गरेको छ। साथै वैकल्पिक सडक प्रयोग गर्न सकिने अवस्थामा त्यस्ता सडक प्रयोग गर्नसमेत भनिएको छ।

फ्रान्स विश्वकपको फाइनलमा

फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता फ्रान्सले बुधबार अल बेयत रंगशाला कतारमा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको हो।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे।

खेलको सुरूवाती चौथो मिनेटमै फ्रान्सले अग्रता लिएको थियो। हर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई गोल गरेका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थप्यो।

७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्‍यो। रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे। केलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्रबाट दिएको चलाखीपूर्ण पासको सदुपयोग गर्दै मुआनीले गोल गरे।

मोरक्कोले पाएका केही राम्रा अवसर पटक पटक सदुपयोग गर्न नसक्दा फ्रान्सले सहज जित निकाल्यो।

फ्रान्सले अब उपाधिका लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ। फाइनल आइतबार हुनेछ। अर्जेन्टिनाले मंगलबार राति क्रोएसियालाई हराउँदै उपाधि नजिक पुगेको थियो।

कान्छी सांसद बनिन् रास्वपाकी निशा

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि २५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था अनुसार उनी २५ वर्षकी मात्रै रहेकी छन् ।

दोस्रोमा सबैभन्दा कम उमेरकी सांसद पनि रास्वपाकै २६ वर्षकी विनीता कठायत छिन्। उनी पनि समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन्

प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसदमा निशा डाँगी निर्वाचित भएकी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डाँगी २५ वर्षकी मात्रै हुन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट पनि रास्वपाबाटै काठमाडौं क्षेत्र नम्बर २ मा २७ वर्षकी सोबिता गौतम निर्वाचित भएकी थिइन ।

रास्वपाले पेश गरेको बन्दसूचीमा खस आर्यबाट गणेश कार्कीको नाम दोस्रोमा भए पनि चलखेल गरेर डाँगीको नाम सिफारिस गरेको भन्दै रास्वपाकै कार्कीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।

यस्तै दलित महिला समूहको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पनि आफूलाई सिफारिस नगरेर पार्टीले दलित समूहबाट दुवै जना पुरुष सिफारिस गरेको भन्दै विरोध गरेकी थिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्