नेभिगेशन
नेपाल समाचार

नेपाल समाचारः आजका प्रमुख १० खबर

हामीले आजबाट नेपालका पछिल्लो २४ घन्टामा महत्वपूर्ण र मुख्यमुख्य १० समाचारहरू प्रस्तुत गरेका छौ। काभ्रेमा बस दुर्घटनाहुँदा १८ जनाको मृत्यु, २१ घाइते काभ्रेपलाञ्चको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझ भएको बस दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् भने २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक- ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो। घाइतेहरुको धुलिखेलका साथै शिर मेमोरियलमा उपचार भइरहेको छ। प्रभु साह र अमेरेस कुमार सिंहले पार्टी खोल्ने एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिँदै प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका प्रभु साह र कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार दिएर निर्वाचित अमरेशकुमार सिंह मिलेर नयाँ पार्टी दर्ताको तयारीमा जुटेका छन्। रौतहट–३ बाट निर्वाचित साह र सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सांसद बनेका सिंहले नयाँ पार्टी बनाएर अघि बढ्ने तयारी गरेका हुन्। नेपाली कांग्रेस, नेकपा एमालेलगायत मुख्य दलप्रति अहिले जनताको अविश्वास देखिएको भन्दै पार्टीमा स्वतन्त्रबाट निर्वाचित सांसदहरुलाई समेट्ने प्रयास भइरहेको सिंहले जानकारी दिए। लोसपाले माग्यो हिस्सा प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा विचारविमर्श भएको अध्यक्ष ठाकुरले जानकारी दिए। अध्यक्ष ठाकुरले लोसपालाई पनि सत्ता गठबन्धनमा सहभागी गराउनेबारे कुराकानी गरेका थिए। लोसपाले आफूहरूलाई पनि सत्ता गठबन्धनका बैठकमा बोलाउनुपर्ने माग गर्दै आएको छ। चुनावमा लोसपा पनि सत्ता गठबन्धनसँग तालमेलमा थियो। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले पाए अवकास निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मंगलबारदेखि अवकाश पाएका छन्। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उनले मंगलबारदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन्। '६५ वर्षको उमेरहदका कारण उहाँले अनिवार्य अवकास पाउनुभएको छ,' उनले भने। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष पुगेपछि अवकाश पाउने संवैधानिक व्यवस्था छ। गएको फागुन १ गते उनलाई महाअभियोग लगाउन ९४ जना सांसदले संसदमा प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा परेका थिए। महाअभियोग छानविन गर्न समिति बनेको थियो। उक्त समितिले असोज १ गते महाअभियोग लगाउन सिफारिस गरेको थियो। ९ बुँदे आधार दिँदै उक्त समितिले महाअभियोग लगाउन सिफारिस गरेको थियो। प्रतिनिधिसभाको कार्यकाल सकिएकाले अर्को प्रतिनिधिसभासम्म उनको निलम्बन निरन्तरता दिन पनि समितिले सिफारिस गरेको थियो। अर्जेन्टिना विश्वकपको उपाधि नजिक विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई हराएको छ। गएरातिको खेलमा अर्जेज्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई गोल गर्दा कप्तान लिओनल मेसीले एक गोल गरे। कामचलाउ सरकारले ल्याएको अध्यादेशले फिर्ता लिन सर्वोच्च बारको माग यसैबीच सर्वोच्च अदालत बार एशोसिएसनले सरकारले राष्ट्रिपतिकहाँ प्रमाणीकरणका लागि पठाएको मुलुकी अपराध संहिता ऐन पहिलो संशोधन विधेयक फिर्ता लिन माग गरेको छ। मंगलवार विज्ञप्ति जारी गर्दै सर्वोच्च बारले कामचलाउ सरकारले यस्ता प्रकृतिका अध्यादेश जारी गर्नु कानूनी राज्यको उपहास भएको बताएको छ। सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा ‘काम चलाउ सरकारले कानूनमा नै संशोधन गर्ने गरी अदालतमा विचाराधीन गम्भीर प्रकृतिका कतिपय फौजदारी मुद्दा फिर्ता लिने उद्धेश्यले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशले संवैधानिक सर्वोच्चता, विधिको शासन, कानूनी मूल्य र मान्यता, फौजदारी कानूनका स्थापित मान्यता तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको उपहास गरेको’ उल्लेख छ। विवादास्पद अध्यादेश फिर्ता लिन नेपाल प्रहरीका पूर्वप्रमुखहरूको माग नेपाल प्रहरीका १३ पूर्वआईजीपीहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रिएका छन्। रेशम चौधरीलगायतलाई आममाफी दिनगरी अध्यादेश ल्याउन लागेकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले उक्त निर्णय फिर्ता लिन माग गरेका छन्। ‘लोकतान्त्रिक प्रणालीको मर्मप्रतिकुल हुने गरी असान्दर्भिक रुपमा नेपालको फौजदारी कानुनको अनुसार सजाय भुक्तान गरिरहेका अपराधी, अभियुक्त तथा समूहहरुलाई आम माफी प्रदान गर्ने प्रयोजनका लागि अध्यादेश प्रमाणीकरणका लागि मंसिर २६ गते पेश भएको सन्दर्भमा नेपाल प्रहरी पूर्व संगगठन प्रमुख मञ्चको गम्भीर ध्यानाकर्षढण भएको छ’, बैठकको निर्णयमा भनिएको छ। सरकारले ल्याउन लागेको अध्यादेशको विप्लवद्वारा स्वागत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले जारी गरेको मुलुकी अपराध संहिता ऐन संशोधन अध्यादेशको स्वागत गरेको छ। आफ्नो पार्टीसँग भएको तीनबुँदे सहमतिअनुसार सरकारले नेता तथा कार्यकर्ताहरू माथि लागेका सम्पूर्ण मुद्दा खारेजी तथा बन्दी नेता कार्यकर्ता रिहाइका लागि अध्यादेश जारी गरेको भन्दै स्वागत गरेको हो। नेकपाले मंगलवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्मअनुरुप सरकारले आफ्नो जिम्मेवारीस्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो। जसलाई हाम्रो पार्टीले सकारात्मक रुपले लिँदै धन्यवाद दिन चाहन्छ।’ थारु र मुस्लिम मधेशी समुदायको सूचीबाट हट्यो मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगको मसिंर २० गते बसेको बैठकले मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिए। मधेशी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्। थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरूले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए। आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार सो उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय गरिएको हो। आयोगले निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ। आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो। निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो। यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्