नेभिगेशन
LEADING_MAIN

सुवर्ण थापाको ‘राधा शनिबार ब्याङ्क्सटाउनको होयट्समा

नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ आगामी शनिबार अस्ट्रेलियाको सीड्नीमा प्रदर्शन हुने भएको छ । शनिबार सीडनीको बैंकसटाउनस्थीत होय्ट सीनेमामा मुलुक बाहिर राधाको पहिलो शो आयोजना हुन लागेको हो । केहि अलर र फरक कथाबस्तुमा आधारीत राधा चलचित्र महिला शसक्तीकरणको एएटा ज्वलन्त उदाहरणका रुपमा रहेको देखिन्छ । फ्रान्स र नेपालको बसाइ र चलचित्रको निर्देशन अनि फरक सोचाइ बनाएका निर्देशक थापाले चलचित्र साच्चीक्कै हेर्न लायक भने बनाएका छन । तर यो संवेदशशिल बिषयमा नियालेर हेर्नुपर्नेे फील्म तडक भडक र अहिलेको हुरी बतास सेन्टीमेन्टहरुमा भने भिज्न निक्र गारो हुने देखिन्छ । एउटी साधारण गाउले महिलाको निष्ठा र प्रेमलाई निर्देशक थापाले जसरी उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन त्यसमा नायिका श्रृष्टि श्रेष्ठले उत्तीकै सहज र अब्बलरुपमा आफुलाई प्रस्तुत गरेर फील्मलाई साच्चीकै हेर्न लायक बनाइदिएकी छिन । प्रारम्भदेखिनै सुस्त सुस्त रुपमा दर्शकलाई गुमराहमा राख्दै आशुको भेलमा आरोह र अबरोहमा अगाडि बढेको चलचित्र अन्तिम केहि मिनेट मात्र संयोगान्त पाटोमा समापन हुन्छ । दयाहाङ राइ ,सौगात मल्ल ,खगेन्द्र लामिछाने, बुद्धी तामाङ,निश्चल बस्नेतजस्ता चिर परिचित कलाकार र अनमोल संगम रहेका चलचित्र आफैमा एउटा अनमोल संगमका रुपमा रहेको छ । निर्देशक थापाले नेपाली सामाजिक परिवेशलाई गहिराइवाटै खोजेर एउटा बिवश नारीको पतीनिष्ठा र प्रेमलाई राधामा उजिल्याउन खोजेका छन । अहिलेका आलाकाचाहरुको डाङडुङे प्रवृती र कमाउ निती भन्दा केहि फरक र अलग सोचका साथ राधाको निर्माण र निर्देशन गरेको चलचित्रले देखाउछ । सीडनीमा सोमबार गरिएको पत्रकार शोका दौरान राधा हेर्ने एक दर्जन चलचित्रप्रेमीहरुको चलचित्र हरेपछि भने हेर्ने र बुझनेका लागि यो चलचित्र "श्रीखन्ड" बनेको छ । चलचित्रले एक पटक भने हरेक दर्शकको आखावाट आशु चुहाउने निश्चत छ । चलचित्रको प्राविधिक पक्षपनि निकै शसक्त रहेको छ । एकसे एक कलाकारको कलाकारीतालाई छांयाकन र ध्वनीको उत्कउष्ट संयोजनले जिवन्त बनाएको अनुभुती गर्न सकिन्छ । चलचित्र सौगात मल्ल र निर्देशक थापाको संयुक्त लगानीमा बनेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्