नेभिगेशन
अन्य

लेबरवाट राज्य सासंदमा एलेक्सको उमेदबारी पक्का

पेशाले इन्जिनियर हुन एलेक्स कार्की तर उनि अस्ट्रेलियन राजनितीलाई पनि नजिकवाट नियाल्दै आएका छन । केहि बर्षदेखि अस्ट्रेलियाको सत्तारुढ दल लेबरको स्थानिय राजनितीमा सक्रिय हुदै आएका एलेक्स सपरिवार सीडनीको बेलाभिष्टामा सपरिवार बस्दै आएका छन । सीडनी बिश्वबिद्यालयवाट ब्याचलर अफ इन्जिनियरिङ र मास्टर अफ रिर्सच (ट्रान्सपोर्ट प्लानिङ)को उच्च अध्यन पुरा गरेका एलेक्स सिडनी ट्रेनका कुशल युवा इन्जिनियर हुन । पढाइ र जागिरसँंगै अस्ट्रेलियाको स्थानिय राजनितीमा होमिएका एलेक्स स्थानिय यातायात,स्कुल र स्वास्थका बिषयमा बढि जागरुक छन । उनी यस पटक अस्ट्रेलियाको चुनाबमा राज्य सांसद पदका उमेदबार बनेका छन । जुन नेपाली समाजको लागि पनि गौरबको बिषय हो । सीडनीको केलिभिल,बेलाभिष्टा ,नरवेष्ट,बकमहिल्स,राउजहिलका स्थानिय जनसरोकारका मुद्दाहरुमा एलेक्स निकै जागरुक पनि छन । उनको राजनितीक यात्रामा पेशासँंगै सामाजिक जिम्मेबारीतापनि महत्वपुर्ण रहेको देखिन्छ । एलेक्सका राजनितीक मुद्दाहरुमा उपयुक्त योजना र त्यसको संस्थागत बिकास , सडक योजना, शैक्षिक बाताबरणलाई सहजीकरण, हिल्स समाजलाई अत्यन्तै आवश्यक हस्पीटल र समुदायलाई आवश्यक सेवा र सुविधा महत्वपुर्ण रहेका छन । एउटा नेपालीको छोरो अस्ट्रेलिया आएर यहाको राजनितीक मैदानमा उत्रनुनै ठुलो कुरा भएको बताउछन एलेक्स । यहाँ पेशासँंगै स्थानिय राजनितीक गर्न कानुनले पनि छेकवार छैन, त्यसैले पनि यस पटक मैले हिल्सका जनताको चाहना बोकेर उमेदबार बन्ने चाहना राखेको हुँं, एलेक्सले बताए । एलेक्सलाई सत्तारुढ दल लेबरले पनि आफ्नो आधिकारीक उमेदबारका रुपमा चयन गरेकोे छ । अस्ट्रेलियाको सत्तारुढ दलले यसरी एक नेपाली युवालाई संघिय सांसदको उमेदबार छान्नुलाई पनि निकै महत्वका साथ हेरिएको छ । अस्ट्रेलियामा बढदो नेपाली समाज र यसको प्रभावको महत्वपुर्ण पाटोको रुपमा यसलाई लिन सकिन्छ । यसरी संघिय सांसदमा एलेक्सको उमेदबारी नेपाली समाजको लागि गौरव र महत्वपुर्ण बनेको छ । अस्ट्रेलियाको राजनितीमा नेपाली समुदायवाट काउन्सिलर पदसम्म नेपालीले सफलता प्राप्त गर्न सकेता पनि त्यसभन्दा मािथ कसैले सफलता हात पार्न सकेका छैनन । अस्ट्रेलियाको एनएसडब्लु राज्यको संघिय निर्वाचन आगामी मार्च २५ तारिख हुने कार्यक्रम रहेको छ । एलेक्सले यस पटकको संघिय निर्वाचनमा आफना क्षेत्रका तथा समग्र अस्ट्रेलियामा रहनुभएका नेपाली समुदायसँंग साथ र सहयोगको अपेक्षा राखेका छन । यो निर्वाचनमा उमेदबारी र जित मेरो र लेबरसँंगै समग्र नेपाली समुदायको प्रतिष्ठासँंग पनि जोडिने भएकोले सम्पुर्ण नेपाली समुदायले आआफ्नो क्षेत्रवाट साथीभाई इष्ट मित्रहरुलाई समेत सहयोगको आब्हान गरिदिन एलेक्सले अनुरोध गरेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्