नेभिगेशन
नेपाल समाचार

अघिल्लो संसदका दर्जनौं विधेयक शून्य; विधेयक माथिको लगानी व्यर्थै

काठमाडौं । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ ।

अघिल्लो प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैँले फिर्ता लिएको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले प्रतिनिधिसभाबाट पाँच र राष्ट्रियसभाबाट सात गरी १२ वटा विधेयक सरकारले फिर्ता लगेको छ ।

राजनीतिक दलबीच सहमति र समझदारी हुन नसक्दा यसअघिको कार्यकालमा अघि बढाइएका ती विधेयक अब निष्क्रिय बन्न पुगेका हुन् ।

निष्क्रिय बनेका विधेयकले आउँदो प्रतिनिधिसभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्ने भएकोले यसअघिको समय र लगानी सबै व्यर्थ भएका छन् । सङ्घीय संसद्को पहिलो कार्यकाल शुरु भएयता एक सय ५३ विधेयक दर्ता भएका थिए ।

निष्क्रिय भएका २७ मध्ये प्रतिनिधिसभामा उत्पत्ति भई त्यहाँ विभिन्न चरणमा रहेका २१ वटा विधेयक रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्