नेभिगेशन
नेपाल समाचार

५ प्रदेशमा गठबन्धनलाई सुविधाजनक बहुमत; प्रदेश १ र मधेशमा एमालेले सरकार बनाउने

काठमाडौं । प्रदेश सभाको प्रत्यक्ष तर्फको नतिजा विश्लेषण गर्दा कुल सात प्रदेश मध्ये प्रदेश १ र मधेश प्रदेश बाहेक अन्य प्रदेशमा सत्ता गठवन्धनले सहजै सरकार बनाउन अंक गणित पुग्ने  देखिएको छ । यस अघि मधेश प्रदेश बाहेक अन्य प्रदेशमा सवै भन्दा बढी प्रदेशसभा सदस्यमा विजयी भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी भन्दा पछाडी परेको छ। यसैगरी मधेश प्रदेशमा पहिलो र दोस्रो दल बनेका मधेश केन्द्रित दल जनता समाजबादी पार्टी र लोकतान्त्रिक समाजबादी आफ्नै आधार इलाका मानिएको यस प्रदेशमा तेस्रो र चौथो दलमा खुम्चिएका छन् ।

प्रत्यक्ष तर्फको नतिजा हेर्दा १ नम्बर प्रदेशमा  प्रदेश सभा तर्फ सवै भन्दा ठूलो दल नेकपा एमाले बनेको छ । कुल ५६ सिट रहेको यस प्रदेशमा एमालेले प्रत्यक्ष तर्फ २५ निर्वाचन क्षेत्रमा विजयी बनेको छ । यस अघिको निर्वाचनमा एमालेले यस प्रदेशमा ३६ निर्वाचन क्षेत्रमा विजयी बनेको थियो । त्यसै गरी दोस्रो दलको रुपमा नेपाली कांग्रेस रहेको । नेपाली कांग्रेस १७ सिटमा विजय भएको छ । यस अघिको निर्वाचनमा कांग्रेस ८ सिट मात्र जितेको थियो । त्यसै गरी तेस्रो दलको रुपमा माओवादी केन्द्र बनेको छ । माओवादी केन्द्रले यस अघिको निर्वाचनमा भन्दा १ सिट कम ल्याएको छ। यस अघि १० को निर्वाचन क्षेत्रमा विजयी  माओवादी केन्द्र ९ सिटमा बिजयी बनेको छ । नेकपा एस ३ र राप्रपाले ३ सिट जितेको छ । यस अघी १ सिट जितेको जसपा यस पटको निर्वाचनमा प्रदेश १ मा प्रत्यक्ष तर्फ कुनै सिटमा जित निकाल्न सकेन । समानुपातिक तर्फको मत र यो अंकगणित हेर्दा यस प्रदेशमा सत्ता गठवन्धनको सरकार बनाउन सहज देखिएको छैन ।

यता मधेश प्रदेशमा पनि प्रत्यक्ष तर्फ सवै भन्दा ठूलो दलको रुपमा नेकपा एमाले भएको छ । यस प्रदेशका ६४ निर्वाचन क्षेत्र मध्ये एमालेले १५ निर्वाचन क्षेत्रमा विजयी भएको छ । यो संख्या अघिल्लो निर्वाचनको भन्दा १ बढी हो । एमालेपछि यस प्रदेशमा नेपाली कांग्रेस दोस्रो ठूलो दलको रुपमा रहेको छ । कांग्रेस १३ सिटमा विजयी भएको छ । यस अघि कांग्रेस यस प्रदेशमा जम्मा ८ सिट जितेको थियो । यस अघी यस प्रदेश सरकारको  नेतृत्व गरेको र ठूलो दलको रुपमा रहेको जसपा यस पटक तेस्रो दल बन्न पुगेको छ । जसपाले ९ सिट प्राप्त गरेको छ । यस अघिको निर्वाचनमा जसपाले २० सिटमा जित निकालेको थियो । त्यसैगरी यस अघिको निर्वाचनमा १५ सिट जितेको लोसपा यस पटक ७ सिटमा खुम्चिन पुगेको छ । नयाँ पार्टीको रुपमा आएको जनमत पार्टीले ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी समाजबादी पार्टीले ४ पार्टीले  सिट जितेका छन् । यस प्रदेशमा पनि सत्ता गठवन्धलाइ सरकार गठन गर्न त्यती सहज अंकगणित प्राप्त भएको छैन ।   

संघीय राजधानी रहेको बागमती प्रदेशमा नेपाली काग्रेस सवै भन्दा ठूलो दल बनेको छ । प्रदेशमा रहेका ६६ सिट मध्ये नेपाली कांग्रेसले २४ सिट जितेको छ । यसअघिको निर्वाचनमा ७ निर्वाचन क्षेत्रमा विजयी भएको थियो । यस अघीको निर्वाचनमा यस प्रदेशमा ४२ सिट जितेको नेकपा एमाले यस पटकको निर्वाचनमा १३ सिटमा खुम्चिन पुगेको छ । यस्तै माओवादी केन्द्रले १४ सिट जितेको छ यस अघिको निर्वाचनमा माओवादी केन्द्रले १५ सिट जितेको थियो । यस प्रदेशमा राप्रपाले ७ सिट नेकपा एकीकृत समाजबादीले ५ सिट र हाम्रो नेपाली पार्टीले १ सिट जितेका छन् । यस प्रदेशमा सत्ता गठवन्धनलाई सरकार बनाउन सहज अंकगणित पुग्ने देखिन्छ ।

यता गण्डकी प्रदेशमा पनि नेपाली कांग्रेस नै पहिलो दल बनेको छ । यस प्रदेशका २६ सिट मध्ये ६ सिटमा जित निकालेको कांग्रेस यस पटको निर्वाचनमा यो प्रदेशमा १८ सिटमा विजयी बनेको छ। यस अघिनिर्वाचनमा १७ सिट जितेको नेकपा एमाले  १२ सिटमा खुम्चिएको छ । माओवादी केन्द्रले ४ सिट जितेको छ । यस अघिको निर्वाचनमा माओवादी केन्द्रले ९ सिट जितेको थियो ।  संघीय समाजबादी र स्वतन्त्रले १ १ सिट जितेका छन् ।

यस्तै यता लुम्विनि प्रदेश अघिल्लो निर्वाचनमा जस्तै अहिले पनि एमाले नै पहिलो दल बनेको छ । प्रदेश सभाको प्रत्यक्ष तर्फ ५२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा एमाले १८ सिटमा विजयी बनेको छ ।  अघिल्लो पटकको निर्वाचनमा एमालेले २८ सिट जितेको थियो।  यसअघि जम्मा ७ सिट जितेको नेपाली कांग्रेस यस पटकको निर्वाचनमा १७ सिटमा बिजयी बनेको छ। त्यसैगरी यस अघि १४ सिट मा विजयी माओवादी केन्द्र यस पटक ६ सिटमा खुम्चिएको पुगेको छ । यस प्रदेशमा जसपा राप्रपा लोसपाले २ ।२ सिट प्राप्त गरेका छन् भने जनमतपार्टीले १ र ३ जना स्वतन्त्र उम्मेद्वार बिजयी बनेका छन् । यस प्रदेशमा पनि सत्ता गठवन्धलाइ सरकार बनाउन बहुमत पुग्ने अंकगणित देखिएको छ। 

यता प्रत्यक्ष तर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा भने कर्णाली प्रदेशमा भने नेपाली कांग्रेस र नेकपा माओवादी ९ । ९ सिटमा विजयी भएका छन् । यस अघि १४ सिट जितेको नेकपा एमाले यस पटक ५ सिटमा खुम्चिएको छ । प्रत्यक्ष तर्फ प् अन्य दल र स्वतन्त्रको उपस्थिति भने यस प्रदेशमा सुन्य देखिएको छ । यस प्रदेश पनि सत्ता गठवन्धले सहजै सरकार बनाउन सक्ने देखिन्छ ।

त्यसैगरी प्रदेश सभामा प्रत्यक्ष तर्फ कुल ३२ सिट रहेको सुदुर पश्चिम प्रदेशमा प्रदेशमा पनि नेपाली कांग्रेस नै पहिलो दल बनेको छ ।  यस अघिको निर्वाचनमा ४ सिट ल्याएको नेपाली कांग्रेस यस पटको निर्वाचनमा १२ सिटमा विजयी भएको छ।  यस अघि १७ सिट जितेको नेकपा एमाले ३ सिटमा खुम्चिन पुगेको छ । त्यसै गरी  माओवादी केन्द्रले ८ सिट जितेको छ । प्रदेशमा नागरिक उनमुक्ति पार्टी ५ सिट सहित तेस्रो दल बनेको छ । नेकपा एकीकृत समाजबादीले ३ र १ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यस प्रदेशमा पनि सत्ता गठवन्धको सहजै सरकार बन्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्