नेभिगेशन
अन्य

 फन्टास्टीक इभेन्ट्सको नेपाल म्युजिक फेस्टीवल स्थगित

सीडनीमा रहेको फन्टास्टीक इभेन्ट्सले आउदो डिसेम्बर महिनामा सीडनी,क्यानबेरा लगायतका शहरहरुमा आयोजना गर्न लागिएको नेपाल म्युजिक फेस्टीवल विविध कारणले हालका लागि स्थगित गरिएको जनाएको छ । इभेन्ट्सले शुक्रबार सीडनीमा प्रेश भेटघाटको आयोजना गर्दै डिसेम्बर १६ देखि १९ सम्म आयोजना हुने सो सांंगितिक कार्यक्रम विविध आर्थिक समस्या र लगातार कार्यक्रमको मिती जुधेको कारण आफुहरुले हालका लागि स्थगित गरिएको जनाएको छ । सीडनी लगायतका शहरहरुमा एकपछि अर्को कार्यक्रम भैरहेको अवस्थामा तिथिी मिती जुध्नु तथा प्रायोजनको समेत समस्या परेको हुदा अर्को मितीका लागि सारिएको फन्टास्टीक इभेन्ट्सले जनाएको छ । इभेन्टसले आगामी अप्रील महिनामा सो कार्यक्रम आयोजना गर्ने समेत जनाएको छ । कलाकारहरुको प्रवेशाज्ञा लगायत सबै कार्य पुरा भैसक्दापनि विविध कारण कार्यक्रम अर्को मितीमा सार्नुपर्दा संगितप्रैमी तथा कलाकारलाई पर्न गएको असुविधाप्रती आयोजकको हैसीयतले क्षमायाचना समेत गरेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्