नेभिगेशन
नेपाल समाचार

चुनाव नसकिदैं सरकार गठनको कसरत; देउवाले भेटे सीके राउत; खड्का पुगे प्रचण्डकोमा

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम अझै आइसकेको छैन् । स्याङ्जा र बाजुरामा स्थगित मतगणना कार्यले बिहिवारबाट बल्ल गति लिएको छ । दोलखाका १० वटा निर्वाचन केन्द्रहरुमा स्थगित भएको मतदान बिहिवार सम्पन्न भइ मतगणना शुरु भएको छ । तर मतगणना नसकिए पनि भावी सरकार गठनको कसरत भने शुरु भइसकेको छ ।

निर्वाचनमा विजयी भएर आएका गगन थापा लगायत केही युवा सहितका नेताहरुले आफू अब प्रधानमन्त्री बन्ने घोषणा गरेपछि प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ हालसम्म सबैभन्दा धेरै सिट जितेको नेपाली कांग्रेसका सभापतिले सरकार गठनका लागि गृहकार्य शुरु गरिसक्नुभएको छ ।

कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनमत पार्टीका अध्यक्ष डा चन्द्रकात राउतसंग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ ।

भेटपछि जनमत पार्टीले सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धनलाइ सहयोग गर्ने बताएको छ ।
प्रधानमन्त्री देउवासंग बालुवाटारमा भएको भेटवार्तामा जनमत पार्टीका अध्यक्ष डा राउतले सरकार गठन गर्न प्रधानमन्त्री देउवालाई सहयोग गर्ने प्रतिवद्द्धता व्यक्त गर्नु भएको हो ।

विचार र सिद्दान्त मिल्ने भएको हुँदा मधेशका मुद्दा सम्बोधन गर्ने गरी दुवै पक्षवीच सहमति कायम गरी सरकार गठन प्रकृया अगाडी बढ्ने डा राउले जानकारी दिनु भयो ।

भेटघाटमा प्रधानमन्त्री देउवाले डा राउतलाई सरकारमा सहभागि हुन आग्रह गर्नु भएको डा राउतले जानकारी दिनु भयो ।
यसअघि प्रधानमन्त्री देउवाले केहिदिन अघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग कुराकानी गरिसक्नुभएको छ ।

उपसभापतिको सक्रियता

यसैवीच उपसभापति पुर्णवहादुर खड्काले बिहिवार नै माओवादीका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्नु भएको छ । अहिले कांग्रेसलाई बलियो र एक ढिक्का बनाउन पनि दलको नेतामा सभापति शेरवहादुर देउवालाइनै सर्वसम्मत बनाउनु पर्ने मतमा रहनु भएका उपसभापति खड्काले त्यहि लाइन र सरकार गठनबारे प्रचण्डसंग छलफल गर्नुभएको बुझिएको छ ।

माओवादी अध्यक्ष प्रचण्डसंग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का ।

उपसभापति खड्काले वर्तमान सत्ता गठवन्धकै नेतृत्वमा नयाँ सरकार बन्ने पनि बताउनु भएको छ । प्रतिनिधिसभा सदस्यमा सुर्खेतबाट निर्वाचित भएपछि काठमाडौं फर्किनु भएका खड्काले बिहिवार सन्तनेता कृष्णप्रसाद भट्टराइ आश्रम पुगेर निर्वाचन परिणम आउनेक्रम अन्तिम चरणमा रहेकोले अब नयाँ सरकार गठनका विषयमा गठवन्धनमा छलफल हुने जानकारी समेत दिनु भयो ।

उपसभापति खड्काले कांग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वमा निर्वाचनमा गएको र त्यसमा सफल्ता मिलेका कारण संसदीय दलको नेतामा सभापति शेरवहादुर देउवालाइ सर्वसम्मत बनाउने प्रयास भइरहेको पनि जानकारी दिनु भयो ।
पार्टी भित्र संसदीय दलको नेतामा अरु नेताहरुले गरिरहेको दावीलाई उहाँले स्वभाविक भन्नु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्