नेभिगेशन
आमनिर्बाचन २०७९

७ वटा राजनीतिक दल मात्रै राष्ट्रिय दल बन्ने

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक तर्फ ९९ लाख बढी मत गणना सकिएको छ । हाल सम्मको मतपरिणालाई हेर्दा प्रतिनिधिसभाको समानुपातिक तर्फ भाग लिएका ४७ दलहरु मध्ये ७ वटा राजनीतिक दलहरु राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको ९० प्रतिशत भन्दाबढी मतगणना सकिँदा ७ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने देखिएको हो ।समानुपाति तर्फको जारी मतगणनालाई हेर्दा हाल सम्म नेकपा एमाले नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र जनता समाजबादी दल र नयाँ दलको रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी राष्ट्रीय दल बन्ने निश्चित भएको छ । यी सातै दलले समानुपातिक तर्फको सीमा पार गरेका छन् ।

एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजबादी भने राष्ट्रिय पार्टी बन्ने अझै निश्चित भएको देखिदैन । प्रत्यक्ष तर्फ १० सिट जितेको यो पार्टी समानुपातिको सिट विभाजनका कुल सदरमतका लागि तिन प्रतिशतको सीमा पार गर्न प्रयास गरिरहेको छ।

यो समाचार तयार पार्दा सम्म समानुपातिक तर्फ करिव १ करोड मत गणना भइसकेको छ । जसमा २६ लाख ७७ हजार मत सहित एमाले शीर्ष स्थानमा रहेको छ भने नेपाली कांग्रेस २५ लाख २८ हजार मत सहित दोस्रो स्थानमा रहेको छ ।

यसै गरी नेकपा माओवादी केन्द्रले ११ लाख ४१ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९४ हजार मत प्राप्त गरेका छन् । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६६ हजार जनता समाजबादी पार्टीले ३ लाख ८४ हजार र जनमत पार्टी नेपालले ३ लाख ४३ हजार मत ल्याएका छन् ।

नेकपा एकीकृत समाजबादीले २ लाख ८० हजार मत ल्याएको छ । त्यसै गरी रेशम चौधरी नेतृत्व पार्टी नागरिक उनमुक्ति पार्टीले २ लाख ४७ हजार मत ल्याएको छ । निर्वाचन आयोगले ६१ प्रतिशत अर्थात १ करोड ६ लाखको आसपासमा मतदान भएको बताएको छ । यसलाई आधारलिदा समानुपातिक तर्फ अझै ६ लाख बढी मत गणना हुन बाकी रहेको देखिन्छ ।दोलखाका केही मतदान केन्द्रमा पुन: मतदान हुन लागेकाले यो जिल्लाभरको समानुपातिक मतगणना भएको छैन। त्यस्तै बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को पनि मतगणना सुरु भएको छैन। बाँकी स्थानमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

पछिल्लो मत परिणामलाई हेर्दा अहिलेसम्मको अवस्था हेर्दा ७ वटा राजनीतिक दलहरूले तीन प्रतिशत मत कटाउने देखिएको छ भने अरू केही दलहरूको यसै भन्न सकिने अवस्था छैन । समानुपातिक मतलाई हेर्दा कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार हाराहारी हुनसक्ने ठानिएको छ। प्रत्यक्ष तर्फ कम्तिमा १ सिट जितेका र समानुपातिक तर्फ सदरमतको ३ प्रतिशत मत कटाएका दल राष्ट्रिय दल बन्ने कानुनी प्रावधान रहेको छ । तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूले पाएको मत समानुपातिक सिट बाँडफाँडमा गणना हुँदैन। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा तर्फ समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका थिए।

राष्ट्रिय दल बनेमा अर्को निर्वाचन सम्मका लागि आफ्नो चुनाव चिन्ह सुरक्षित गर्न पाउने कानुनी व्यवस्था छ। राष्ट्रिय दल नभए पनि दुई जना भन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालय सहितका सुविधा उपलब्ध गराउने ब्यवस्था रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कुनै दलको १० भन्दा बढी सिट भएका दलहरूले सचेतकका लागि सचिवालय र सुविधा समेत पाउने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्