नेभिगेशन
आमनिर्बाचन २०७९

सातै प्रदेशमा गठबन्धनकै सरकार हुने

काठमाडौं । सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गतेसम्म निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुमत प्राप्त गरेका छन्।

प्रदेश नं. १ मा प्रत्यक्षतर्फ ५६ सिटमध्ये ४४ निर्वाचन क्षेत्रको परिणाम आएको छ। एमालेले २२ सिटमा जित र तीन स्थानमा अग्रता लिइरहेको छ। कांग्रेसले १३ सिटमा जित र चार स्थानमा अग्रता लिइरहेको छ। माओवादी केन्द्रले छ सिटमा जित र तीन स्थानमा अग्रता लिइरहेको छ। एकीकृत समाजवादीले एक सिटमा जित र दुई स्थानमा अग्रता लिइरहेको छ।

मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये ६१ सिटको नतिजा सार्वजनिक भएको छ। कांग्रेसले १३ सिट जितेको छ। एमालेको १३ मा जित र दुई सिटमा अग्रता छ। जसपाले आठ सिटमा जित र एक सिटमा अग्रता लिइरहेको छ। लोसपाले सात सिट जितेको छ। जनमत पार्टीको ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४–४ सिट जितेका छन्। सत्ता गठबन्धन समर्थितसहित छ जना स्वतन्त्र निर्वाचित भएका छन्।

बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ मध्ये ६२ सिटको नतिजा सार्वजनिक हुँदा कांग्रेसले २३ सिटमा जित हासिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्