नेभिगेशन
नेपाल समाचार

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना भइसकेको छ ।
निर्वाचनमा कुल ९३ लाख ३० हजर ३८० मत खसेको आयोगको तथ्याङ्क छ । तथ्याङ्क अनुसार निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो ।
गणना भएको मत मध्ये सोमवार अपरान्ह सम्ममा नेकपा एमाले हालसम्म सबैभन्दा धेरै २५ लाख ३९ हजार ५८६ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कांग्रेसले दोस्रो स्थानमा रहँदै २४ लाख ३ हजार ६३६ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ६८ हजार ५०३ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार बढी मत पाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने १६५ स्थानमध्ये हालसम्म एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्