नेभिगेशन
LEADING_MAIN

पर्थमा नेपाल फेस्टिभल भब्य रुपले सम्पन्न ( फोटो फिचर सहित )

एनएनए प्रतिनिधि सिड्नी । एनआरएनए अस्ट्रेलियाको सिग्नेचर ईभेण्टको रुपमा रहेको नेपाल फेस्टिभल पर्थमा नोभेम्बर २७ तारिख शनिबार भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कला संस्कृतिका साथै नेपाली पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देस्यका साथ गरिएको सो कार्यक्रममा पर्थ शहर र त्यसको वरिपरी बसोबास गर्ने नेपालीहरुले सक्रिय सहभागिता जनाए । एनआरएनए वेस्टर्न अस्ट्रेलियाको आयोजनामा सम्पन्न सो महोत्सवमा नेपाली खानाका परिकार एबम विभिन्न व्यवसायका तीस वटा स्टल राखिएका थिए ।

फेस्टिभलमा प्रमुख अतिथिको मन्तब्य राख्दै अस्ट्रेलियाका लागी नेपालका राजदुत कैलाशराज पोखरेलले यस्ता महोत्सब र कार्यक्रमले प्रबासमा नेपालको पर्यटन प्रबर्धनमा महत्वपुर्ण भूमिका खेल्ने बताउदै बिद्यार्थीहरुले भोग्दै आएका समस्या तथा यहाको नेपाली समुदायले भोग्दै आएको समस्याहरुको पहिचान गरि त्यसको दीर्घकालीन समाधानका लागि दुताबासले अभिभावकीय भूमिका निर्बाह गर्ने उल्लेख गरे ।

वेस्टर्न अस्ट्रेलियाका डेपुटी प्रिमियर रोजर कुकले वेस्टर्न अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र सहभागिता हरेक क्षेत्रमा दिनानुदिन बढ्दै गएको बताउदै यो समुदायको हक हितको लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्दता व्यक्त गरे । एनआरएनए वेस्टर्न अस्ट्रेलियाका संयोजक दिपक बस्नेतले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न दिन रात नभनी खट्ने नेपाली समुदायका सामाजिक अभियन्ताहरुको साथ र सहयोगले ठुलो भूमिका खेलेको बताए । उनले एकता नै बल हो भन्ने कुरालाई एन आर एन ए वेस्टर्न अस्ट्रेलियाले आयोजना गरेको यो महोत्सब भब्य र सभ्य रुपमा सफल हुनुले प्रस्ट पारेको बताउदै आगामी दिनहरुमा पनि यस्ता सामाजिक र कल्याणकारी कार्यमा सबैको साथ् र सहयोग रहने बिस्वास व्यक्त गरे ।

सो अवसरमा एनआरएनए आइ सी सी उपाध्यक्ष धर्म अधिकारी , एनआरएनए आइ सिसि सदस्य राजेश बुढाथोकी , एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ , सिटि अफ पर्थका मेयर बसिल जेम्पिलास लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । महोत्सवमा कलाकार सन्दीप क्षेत्री, गायक दीपक बज्राचार्य सहितको रिदम ब्याण्ड र स्थानिय कलाकारहरुबाट सांगीतिक प्रस्तुती रहेको थियो। पर्थमा सम्पन्न यो तेस्रो नेपाल महोत्सब बिगतका तुलनामा कार्यक्रम ,सहभागिता का द्रिस्टिकोणले फरक रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्