नेभिगेशन
आमनिर्बाचन २०७९

प्रत्यक्षमा कांग्रेस समानुपातिकमा एमाले अगाडि

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतगणनामा एक पछि अर्को जित दर्ता गर्दै अग्रता बनाइरहेको नेपाली कांग्रेस पार्टीलाई समानुपातिकतर्फ भने नेकपा (एमाले) ले पछि पारिरहेको छ । शुक्रवार राति ११ बजेसम्मको निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले प्रतिनिधि सभा र प्रदेश सभा दुबै तर्फको समानुपातिकमा धेरै मत प्राप्त गरेको छ । एमालेले प्रतिनिधि सभा तर्फ १५ लाख ५० हजार बढि मत प्राप्त गरिसकेको छ ।

यसैगरी नेपाली कांग्रेसले १४ लाख ७५ हजारभन्दा बढी मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले छ लाख ८३ हजार मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र) ले ६ लाख ५२ हजार बढि मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ४७ हजार  मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश समानुपातिक तर्फ पनि एमाले नै अघि छ । एमालेले प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा समानुपातिक गणनामा अग्रतामा हाशिल गरिरहेको छ भने नेपाली कांग्रेसले मधेश प्रदेशमा धेरै समानुपातिक मत पाएको छ । यसैगरी नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा धेरै समानुपातिक मत पाएको छ ।

कुन प्रदेशमा कसलाई कति मत

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले दुई लाख ६४ हजार दुई सय ७२, कांग्रेसले दुई लाख ३७ हजार आठ सय ८२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८८ हजार चार सय ३९, माओवादी केन्द्रले ७५ हजार ४३  र जनता समाजवादी पार्टी, नेपालले ३६ हजार ६८ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले एक लाख ६० हजार १५, एमालेले ८१ हजार ६४, जनता समाजवादी पार्टी नेपालले ७० हजार सात सय २६, जनमत पार्टीले ५३ हजार १६ र माओवादी केन्द्रले २८ हजार पाँच सय ४२ मत प्राप्त गरेका छन् ।

बागमती प्रदेशमा एमालेले दुई लाख २० हजार चार सय २१, कांग्रेसले एक लाख ९७ हजार एक सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २७ हजार एक सय २९, माओवादी केन्द्रले ९५ हजार सात सय आठ र नेपाल मजदुर किसान पार्टीले ५८ हजार पाँच सय ७८  मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले दुई लाख ४७ हजार छ सय १५, कांग्रेसले दुई लाख २१ हजार दुई सय, माओवादी केन्द्रले ९८ हजार आठ सय ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३६ हजार दुई सय ५४ र नेकपा (एकीकृत समाजवादी) १२ हजार दुई सय सात मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले तीन लाख २० हजार पाँच सय, कांग्रेसले दुई लाख ८५ हजार एक सय ५४, माओवादी केन्द्रले एक लाख १७ हजार तीन सय २०, राप्रपाले ७५ हजार चार सय २८ र नागरिक उन्मुक्ति पार्टीले ४४ हजार दुई सय ९० मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशमा माओवादीले ६६ हजार ५०, एमालेले ६५ हजार पाँच सय दुई, कांग्रेसले ५१ हजार असी, नेकपा (एकीकृत समाजवादी) ले १५ हजार आठ सय ६८, राप्रपाले सात हजार नौ सय ५१ र नेपाल मजदुर किसान पार्टी तीन हजार सात सय २८ मत प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एमालेले एक लाख १२ हजार छ सय ९३, कांग्रेसले एक लाख  दुई हजार ४७, माओवादी केन्द्रले ५१ हजार चार सय ८०, राप्रपाले १२ हजार सात सय एक र नागरिक उन्मुक्ति पार्टीले ३० हजार सात सय ३८ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्