नेभिगेशन
नेपाल समाचार

काठमाडौं उपत्यकाः कहाँ कसकाे वर्चस्व?

काठमाडौं । गत मङसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं उपत्यकाका केही क्षेत्रहरुमा प्रतिनिधि सभा सदस्यमा नयाँ व्यक्तित्वकाे उदय भएको छ । उपत्यकाका १५ निर्वाचन क्षेत्र मध्ये ५ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हासिल गरेको छ । काठमाडौं २ बाट सोबिता गौतम, काठमाडौं ६ बाट शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा बिराज भक्त श्रेष्ठ र ललितपुर ३ मा तोसिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट जीत्नुभएको हो ।

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसले काठमाडौंमा ५, ललितपुरमा १ र भक्तपुरमा १ सिट गरी ७ स्थान जितेको छ भने नेपाल कम्युनिष्ट पार्टी एमालेले २ स्थानमा आफ्नाे उम्मेदवारलाइ जिताउन सफल भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदीप पौडेल, १० मा राजेन्द्र कुमार के. सी., ललितपुर १ मा उदय शम्शेर जबरा र भक्तपुर २ मा दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ ।

नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले काठमाडौं ९ र प्रेम बहादुर महर्जनले ललितपुर २ बाट प्रतिनिधि सभामा आफ्नो स्थान सुरक्षित गर्नुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्