नेभिगेशन
नेपाल समाचार

कैलाली निर्वाचन क्षेत्र ३ मा गंगा चौधरी विजयी

काठमाडौँ । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो ।

सो क्षेत्रमा ६३ हजार सात सय ४० मत खसेकामा ५९ हजार सात सय १९ मत सदर भएको छ । प्रतिनिधिसभा सदस्यको अन्तिम परिणाम सार्वजनिक भएपछि प्रदेशसभातर्फको मतगणना सुरु गरिएको दाहालले बताउनुभयो । जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्