नेभिगेशन
आमनिर्बाचन २०७९

काठमाडौँ ९मा एमालेका कृष्णगोपाल श्रेष्ठ बिजयी

काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा सङ्घीय संसदमा प्रवेश गर्दै हुनुहुन्छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो ।

श्रेष्ठ यो समेत चौथो पटक सांसद निर्वाचित हुनुभएको हो । यस अघि वहाँ २०४८, २०५१ र २०७४ को चुनावमा सांसद बन्नुभएको थियो ।

अर्थशास्त्रमा स्नाकोत्तर श्रेष्ठले विसं २०५९ देखि २०६० मा स्थानीय विकास राज्यमन्त्री तथा विसं २०७७ देखि २०७८ सम्म शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको थियो । एमाले पार्टी कार्यालयको मुख्यसचिवका रुपमा समेत उहाँले जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजय प्राप्त गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्