काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नं. ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी गराए अनुसार महामन्त्री थापाले २१ हजार ३०१ मत प्राप्त गर्नु भएको छ।
उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का डा. राजन भट्टराईलाई ७ हजार ४४६ मतको फराकिलो अन्तरले पराजित गर्नु भएको हो ।
डा. भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ । थापा २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट डाक्टर भट्टराईलाई नै हराएर विजयी हुनुभएको थियो ।