नेभिगेशन
नेपाल समाचार

अधिकांश क्षेत्रमा मतगणना शुरु

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना शुरु भएको छ । मतदान सम्पन्न भए लगत्तै धेरै स्थानहरुमा मतपेटिका संकलन गरी मतगणना स्थलमा पुर्याइएको थियो । विकट निर्वाचन क्षेत्रहरुका मतदान केन्द्रहरुबाट भने अझै मतपेटिका संकलन हुने क्रम जारी छ ।

मतपेटिका जम्मा गरिसकिएका राजधानी काठमाडौँ सहितका धेरै जिल्लाहरुमा मतगणना शुरु गरिएको छ ।काठमाडौँकाे १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना यसपटक सम्बन्धित निर्वाचन क्षेत्रहरुमा नै गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि गत निर्वाचनहरुमा राष्ट्रिय सभा गृहमा मतगणना गर्ने गरिएकोमा यस पटक भने सम्बन्धित निर्वाचन क्षेत्रहरुमा नै गर्ने व्यवस्था मिलाइएको छ । प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारले शुरुवाती अग्रता कायम गरेका छन ।

यो निर्वाचनमा स्थापित राजनीतिक दलहरुका साथै नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुको पक्षमा मत जाने आँकलन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्