नेभिगेशन
आमनिर्बाचन २०७९

१५ स्थानमा मतदान स्थगित; २ दिनभित्र पुनः मतदान हुन्छः आयोग

काठमाडौं । आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा १५ स्थानमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थगित भएका स्थानमा २ दिनभित्र पुनः मतदान गर्न निर्वाचन आयोगले सम्वन्धित निर्वाचन अधिकारीहरुलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

छिटफुट घटना बाहेक देशैभर शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको जानकारी दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले देशैभर शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्