नेभिगेशन
आमनिर्बाचन २०७९

मतपेटिकाहरु संकलन गर्ने क्रम जारी; मतगणना विहानबाट मात्रै

काठमाडौं । मतदान सकिएसंगै देशभरका मतदानकेन्द्रबाट मतपेटिकाहरु संकलन गर्ने क्रम जारी छ । कतिपय स्थानमा मतपेटिका संकलनको काम सकिएको छ भन्ने दुर्गम र हिमाली जिल्लाहरुमा कठीन भुगोलका कारण अझै मतपेटिका मतगणनास्थलसम्म ल्याइ पुर्याइएको छैन् ।

कतिपय स्थानमा हेलिकोप्टर मार्पत मतपेटिका ल्याउनुपर्ने भएकोले गृह प्रशासनसंग समन्वय भइरहेको सम्वन्धित निर्वाचन अधिकारीहरुले बताएका छन् । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतपेटिका संङ्कलन गरी सर्वदलीय बैठक बस्ने र त्यस पछि मतगणना शुरु गर्ने तयारी गरिएको बताएका निर्वाचन अधिकृतहरुले विहानबाट मात्र मतगणनाको काम शुरु गर्ने सर्वदलीय बैठकमा सहमती भएको बताएका छन् । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ ।

काठमाडौं क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी क्षेत्र नं ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं। ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं। ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ ।

क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्