नेभिगेशन
नेपाल समाचार

आमनिर्वाचन २०७९ सम्पन्न

काठमाडौँ । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउने छन् ।निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ ।

केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ । निर्धारित समय सकिए पनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन् । मधेस प्रदेशमा कुनै पनि मतदान केन्द्रमा मतदान स्थगन नभई सम्पन्न भएको छ ।

हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको छ । दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखालगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ । बाजुरामा हिंसात्मक घटना भएको जानकारी आएको छ ।

यी क्षेत्रमा बाहेक अन्यत्र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्