नेभिगेशन
आमनिर्बाचन २०७९

स्थिर समयमा पैसा बाँड्दै गर्दा उम्मेदवार पक्राउ

काठमाडौँ । मतदातालाई प्रभावित पार्न प्रचार प्रसार गर्न नपाउने स्थिर समयमा पैसा बाड्दै गरेको अवस्थामा काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ५ प्रदेश सभा २ तर्फ नेकपा एमालेबाट उम्मेदवारी दिएका दीपक निरौला सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मौन अवधिमा एमालेका नेताहरुले पैसा बाड्दै गरेको सूचना पाएपछि पुगेको प्रहरीले निरौला सहित नगरपालिकाको नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष र एमाले बूढानीलकण्ठ नगर अध्यक्षसहितका व्यक्तिहरुलाई प्रहरीले वडा नम्बर ६ स्थित एमालेकै एक कार्यकर्ताको घरबाट शुक्रवार राति नियन्त्रणमा लिएको हो ।

प्रहरीले पैसा बाड्दै गरेका उम्मेदवार निरौला सहित नगरपालिकाको वडा नम्वर ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डंगोललाई पक्राउ गरी बूढानीलकण्ठ प्रहरी प्रभागमा राखेको छ ।

उनीहरुलाई प्रहरीले रङ्गेहात ६ नम्बर वडा कार्यालयका कर्मचारी बुद्द लक्ष्मी तामाङको घरबाट पक्राउ गरेको हो ।

काठमाडौं क्षेत्र नं ५ मा एमालेबाट उम्मेदवार बनेका ईश्वर पोखरेल र प्रदेश सभा सदस्य निरौलाका मान्छेहरु पैसा बाढ्दै गरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

पैसाको बलमा मतदातालाई प्रभावित बनाउन खोज्ने दोषीहरुलाई कारबाहीको माग गर्दै स्थानीय र नेपाली कांग्रेस सहितका दलका कार्यकर्ताहरुले बूढानीलकण्ठ प्रहरी प्रभाग बाहिर धर्ना दिएका छन् ।

निर्वाचन ऐनमा कानून र आचार संहिता विपरित मतदातालाई प्रभावित गर्नेलाई जरीवाना सहित जेल सजाय हुने व्यवस्था छ ।

एमालेका स्थानीय नेताहरुले भने विरामी भेट्न भनेर गएका आफ्ना साथीहरुलाई फसाएको भन्दै घटनाको वचाउ गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्